close

अस्पताल तयार भयाे तर चिकित्सक र अक्सिजन नहुँदा समस्या (भिडियो खबर)

अस्पताल तयार भयाे तर चिकित्सक र अक्सिजन नहुँदा समस्या (भिडियो खबर)

ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेशको जुम्लास्थित तातोपानी गाउँपालिकाले कोरोना नियन्त्रण कार्य बेखुबी निभाई रहेको छ । संक्रमित थपिइरहँदा स्वास्स्थ्य मापदण्डको पूर्ण पालना गराइएको छ । सामान्य स्वास्थ्य समस्या देखिँदा पनि कोरोना परीक्षण गर्ने गरिएको छ भने संक्रमितका लागि आइसोलेसन निर्माण भइरहेको छ ।

 

होम आइसोलेसनमा नै बस्न संक्रमित रुचाइरहँदा संक्रमितको हेरचाह गर्ने काम पालिकाबाट भइरहेको छ । संक्रमितले दुःख र सुखका सारथि पाइरहेका छन् । कर्णाली विज्ञान प्रतिष्ठानबाट चिकित्सक नै खटाएर उपचारको व्यवस्था पनि गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको छ ।

 

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि स्वास्थ्य मापदण्ड सचेतीकरण गर्नुका साथै कोरोना परीक्षण गर्ने गरेको हो । जनस्वास्थ्य कार्यालय जुम्ला र कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँग समन्वय गरी कोरोना संक्रमण परीक्षण गर्ने गरेको छ । रुघा, खोकी, ज्वरो, जीउ दुख्ने लगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न स्वास्थ्यकर्मीले सुझाएका छन् ।

 

रुघा र ज्वरो मात्रै भएकालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै उनीहरुले यस्ता समस्या देखिएमा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीले सुझाव दिने गरेका छन् । गाउँपालिकाले ५ बेडको अस्थायी कोभिड अस्पताल र १५ बेडको आइसोलेसन कक्ष बनाएको छ ।

 

कोरोना संक्रमति ओसारपसार गर्नका लागि एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको शवबहानको पनि व्यवस्थापन गरेको छ । गाउँपालिकामा १० जना कोरोना संक्रमित छन् । १ जना संस्थागत आइसोलेसनमा र ९ जना होम आइसोलेसनमा बसेका छन् । 


कोभिड अस्थायी अस्तालमा एक जना संक्रमित बसेका छन् । उनीहरुको स्वास्थ्य हेरचारका लागि २४ घण्टा डियूटी गर्ने गरेका छन् स्वास्थ्यकर्मीले तर कोभिड अस्पतालमा चिकित्सक र अक्सिजन नहुदा समस्या भएको छ । 


गाउँस्तरमा एन्टीजेट परीक्षण गर्ने गरिएको छ । परीक्षणमा देखिएका संक्रमितलाई संस्थागत आइसोलेसनमै राख्ने व्यवस्थापन गरेपछि होम आइसोलेसनमै बस्न रुचाउने गरेका छन् । होमआइसोलेनमा बसेका संक्रमितसँग सम्र्पकमा स्वास्थ्य संयोजक रहँदै आएका छन् ।

 

उनीहरुको स्वास्थ्य केही समस्या आएपछि तत्कालिन अस्पताल लैजाने व्यवस्थापन गर्ने गरिएको छ । गएको वैशाख पहिलो साता विपद् व्यवस्थापन समितिको बैठक बसेर पािलका कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको हाे ।

 

गाउँ-गाउँमा नागरिकलाई यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा अपनाउने पर्ने उपाय तथा विधिका विषयमा सचेतीकरण गर्ने गरिएको छ । अस्थायी कोभिड अस्पतालमा विज्ञापन गर्दा पनि चिकित्सक नपाएपछि अहिले केही समयका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सक खटाइएको गाउँपालिकाले जनाएको छ । 

 

कोरोना नियन्त्रणमा स्थानीय सरकारले अग्रणी भूमिका लिइरहेका छन् । संक्रमितले स्थानीय सरकारबाट पाएको साथ र सहयोगप्रति पनि दंग छन् । महामारी नियन्त्रणको समीक्षा विस्तारै होला तर, स्थानीय स्तरबाट प्राप्त सद्भावले संक्रमितलाई कोरोनाबाट जीत निकाल्न हौसला मिलेको छ ।