close

अक्सिजन प्लान्टका लागि भक्तपुर नगरले एक सातामै जुटायो ६३ लाख

अक्सिजन प्लान्टका लागि भक्तपुर नगरले एक सातामै जुटायो ६३ लाख

Trulli
ADVERTISEMENT

भक्तपुर– कोरोना संक्रमित बिरामीका लागि अक्सिजन उत्पादन गर्न लागेको भक्तपुर नगरपालिकाले करिब ६३ लाख रुपैयाँको सहयोग पाएको छ । नगरभित्र सञ्चालित सहकारी संस्था तथा स्थानीयले उक्त सहयोग गरेका हुन् ।

 

नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनका लागि तयारी गर्दै आएको छ । करिब १ महिनाभित्र प्लान्ट सञ्चालन भएपछि अक्सिजन उत्पादन हुने विश्वास नगरपालिकाको छ । 

 

प्लान्टका लागि नगरप्रमुख सुनील प्रजापतिले नगरभित्र सञ्चालित सहकारी संस्थाहरूलाई सहयोगका लागि अपिल गरेका थिए । सोही आधारमा नगरपालिकालाई सहयोग जुटिरहेको हो ।

 

१ सातामा मात्रै नगरपालिकाले ६३ लाख ३७ हजार ६ सय ९८ रुपैयाँ संकलन भएको बताएको छ । यो सहयोग केही संस्थागत रूपमा आएको हो भने केही व्यक्तिगत । मनकारीहरूले १ हजारदेखि १० लाख रुपैयाँसम्म सहयोग दिएको नगरपालिकाले बताएको छ ।

 

नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा आइतबार मात्र ३० लाख १० हजार १ सय ६ रुपैयाँ सहयोग प्राप्त भएको थियो । मंगलबारसम्म ६३ लाख ३७ हजार ६ सय ९८ रुपैयाँ संकलन भएको छ ।