close

चन्द्रागिरिका नगरप्रमुख गिरीलाई कोरोना संक्रमण पुष्टि

चन्द्रागिरिका नगरप्रमुख गिरीलाई कोरोना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं- चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना संक्रमण देखिएको छ । हल्का ज्वरोको लक्षण देखिएपछि सोमबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । 


नगरप्रमुख गिरी कोरोना संक्रमण रोकथामका काममा दिनरात खटिँदै आएका थिए । गिरी अहिले होमआइसोलेशनमा रहेको नगरपालिकाले जनाएको छ ।


चन्द्रागिरिमा हालसम्म चार हजार ५२ सङ्क्रमित भइसकेका छन् । तीमध्ये तीन हजार ९९ जना निको भएर घर फर्किसकेका छन् भने ९०९ सक्रिय संक्रमित रहेका छन् । चन्द्रागिरिमा हालसम्म कोरोना संक्रमणका कारण ४६ जनाले ज्यान गुमाइसकेका छन् ।

 

दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि नगरपालिकाले ७५ शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर स्थापना गरेको छ । यसबाहेक सशस्त्र प्रहरी अस्पताल बलम्बुमा समेत कोरोना संक्रमितको उपचार हुँदै आएको छ ।