close

सिरियामा नयाँ राष्ट्रपतिका लागि मतदान शुरु

सिरियामा नयाँ राष्ट्रपतिका लागि मतदान शुरु

Trulli
ADVERTISEMENT

एजेन्सी- सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । सिरियाली अधिकारीहरुले बुधबार राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान भइरहेको बताएका छन् ।

 

एजेन्सीकाअनुसार सिरियामा सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको छ । खासगरी सिरियाको राजधानी र सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचन प्रक्रिया शुरु भएको बताइएको छ ।

 

बुधबार बिहानबाट शुरु भएको मतदान प्रक्रिया आज साँझसम्म नै जारी रहने बताइएको छ । सिरियाको सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचनको मतदान भएको छ । सिरियाली अधिकारीका अनुसार  मतदानको कामलाई सुरक्षित रुपमा सम्पन्न गर्ने गरी तयारी भएको छ । 

 

सिरियाका वर्तमान राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका छन् । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा चर्किएको आन्दोलन हिंसात्म हुँदा यहाँका ४ लाख भन्दा पनि बढी मानिसको ज्यान गएको थियो ।