close

चौताराले धमाधम निर्माण गर्दैछ बुद्ध पार्क (भिडियो खबर)

चौताराले धमाधम निर्माण गर्दैछ बुद्ध पार्क (भिडियो खबर)

ADVERTISEMENT

सिन्धुपाल्चोक- स्थानीय सरकारको अवधि वर्ष दिन मात्रै बाँकी हुँदा जनप्रतिनिधिले जनतालाई देखाउने काम गर्न थालेका छन् । पूर्वाधार विकास मात्रै नभई जनता रिझाउने र चुनावमा आफूले गरेका प्रतिवद्धता पूरा गर्ने कोसिस तर्फ जनप्रतिनिधि लाग्न थालेका छन् । यसै क्रममा महत्वकांक्षी योजना ल्याएको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले अग्लो र आकर्षक बुद्ध मुर्ति निर्माण गरेर पर्यटन प्रवर्द्धन मात्रै नभई नगरवासीलाई रिझाउने कामको थालनी गरेको छ ।

 

हजारौं सिँढी उक्लेर पुगिने भ्यू टावरसहितको निर्माणाधिन बुद्ध मुर्ति निर्माणलाई जनताले समेत स्वागतयोग्य र प्रशसनीय कार्य मानेका छन् । गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउने विभिन्न उपाय जनप्रतिनिधिले अबलम्बन समेत गर्न थालेका छन् । यसको एउटा उदारहरण हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले थालेको भ्यू टावर सहितको बुद्ध पार्क निर्माण । जिल्लाको सदरमुकाम चौतारा बजारबाट हजारौं सिँढी उक्लँदै जान सकिने निर्माणाधिन बुद्ध पार्क पर्यटन प्रवर्द्धन र स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने नगरपालिकाको एउटा योजना हो ।

 

नगरपालिकाको वडा नं. ६ मा बन्न लागेको बुद्ध पार्कपछि पर्यटक बढ्ने स्थानीयको विश्वास छ । दर्शनार्थीको भीड लाग्ने २०५२ सालमा तत्कालीन राजा विरेन्द्र र रानी ऐश्वर्यले उद्घाटन गरेको प्रसिद्ध गौराती भीमसेन मन्दिर पनि निर्माणाधिन बुद्ध पार्क नजिकै भएकाले पनि यसको महत्व झनै बढ्ने अपेक्षा गरिएको छ । 

 

जहाँ बुद्ध पार्क निर्माण हुँदैछ । त्यहाँबाट जुगल हिमाल, काभ्रेको प्रसिद्ध कालिञ्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट स्पष्ट रुपमा देख्न सकिन्छ । सदरमुकाम चौतारा बजार निकै आकर्षक देखिन्छ । सदरमुकामबाट बुद्ध पार्क सवारीको प्रयोगबाट पनि पुग्न सकिन्छ भने आधा घण्टा पैदलबाट पनि जान सकिन्छ । 

 

कुल ६ करोड २१ लाख ५३ हजार सात सय ८८ रुपैयाँकाे लागतमा बुद्ध पार्क बन्न लागेको हो । झनै निर्माणाधिन सिँढीबाट आरामदायीसँग पुग्न सकिने बुद्ध पार्क भ्यूटावरसहितको जमिनबाट ६७ फिट अग्लो हुनेछ । जसको भवन भित्र लामाहरु पढ्ने, पूजापाठ गर्ने चारवटा कोठाहरु हुनेछन् ।

 

त्यहाँ पुग्न सकिने सिँढीको लागि अर्कै बजेट विनियोजन गरिएको छ । गौराती सामुदायिक वन क्षेत्रमा यो पार्क निर्माण थालनी गरिएको हो । नगरपालिकाले अरनिको राजमार्गको सुकुटे आउने पर्यटकलाई यहाँसम्म ल्याउने योजना अघि सारेको छ । चौतारा पर्ने पर्यटकीय गन्तब्यको रुपमा पर्ने गरेको छ । 

 

समुन्द्री सतहबाट दुई हजार एक सय ५० मिटरको उचाईमा रहेका पर्यटकीय हिमाली गाउँ ओखरेनीमा रहेको चिया बगानसम्म पर्यटक लैजान निर्माणाधिन बुद्ध मुर्तिले महत्व राख्दछ । बुुद्धपार्कको निमार्णको लागि बैशाख १० गते मुर्ति उमा/काली/प्रसीन जेभीले निर्माण सम्झौता गरेको छ । कम्पनीले समयमा नै काम सम्पन्न गरे २०७९ जेठ २२ गते पछि बुद्धको मुर्ति सहित भ्यू टावर अवलोकन गर्न पाईनेछ ।