close

होम आइसोलेसनमा बसेकालाई जुममार्फत परामर्श दिँदै भक्तपुर 

होम आइसोलेसनमा बसेकालाई जुममार्फत परामर्श दिँदै भक्तपुर 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले होम आइसोलेसनमा बसेका बिरामीलाई जुम प्रविधिमार्फत परामर्श दिँदै आएको छ । नगरपालिकाका अनुसार संक्रमित भई घरमा सुरक्षित भई बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न उक्त कार्यक्रम ल्याइएको हो । नगर जनस्वास्थ्य इन्चार्ज रत्नसुन्दर लासिवाका अनुसार पालिकाले साताभर नै संक्रमितसँग चिकित्सक परामर्श दिइरहेको हो ।

 

सातामा २ जना विशेषज्ञलाई जुममा उपलब्ध गराई संक्रमितलाई परामर्श दिइएको छ । यसले बिरामीको समस्या बुझन् सकिने र आवश्यक परे नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन केन्द्रमा ल्याउन सकिनेछ । 

 

‘होम आइसोलेसनमा बसेका सबैलाई जुमको आइडी र पासवर्ड पठाइन्छ । सोहीमार्फत उहाँहरू जोडिनुहुन्छ र हामी चिकित्सकसँग कुराकारी गराउँछौँ,’ उनले भने, ‘कोही संक्रमितलाई समस्या भए नगरपालिकाद्वारा सञ्चालित कोभिड डेडिकेटिभ एम्बुलेन्सबाट निःशुल्क आइसोलेसन वा अस्पताल लैजाने व्यवस्था गरेका छौँ ।’ 

 

आइसोलेसनमा बस्नेका लागि आवश्यक सम्पूर्ण खर्च पालिकाले बेहोर्दै आएको छ । फोकल पर्सन गौतमप्रसाद लासिवाका अनुसार संक्रमितलाई दैनिक ४ समय खाना, टेलिभिजन, औषधी तथा ज्वरो नाप्ने स्टेसनको व्यवस्था गरिएको छ । १ जना विशेष डाक्टरसहित २ जना डाक्टर र ६ जना नर्ससहित दैनिक २२ जना संक्रमितको सेवामा खट्दै आएको उनले बताए । 

 

२५ शय्या एचडियुसहित ७५ क्षमता रहेको उक्त आइसोलेसन केन्द्रमा करिब १५० जनाले सेवा पाइसकेका छन् । नगरभित्रबाहेक अरू छिमेकी स्थानीय तहका नागरिकले समेत आइसोलेसनको सेवा पाएको पालिकाले बताएको छ ।