close

जनताको कठघरामा जनप्रतिनिधि : अक्सिजन जुटाउन नसकेपछि उपप्रमुखसहित वडाध्यक्षहरूको माफी

जनताको कठघरामा जनप्रतिनिधि : अक्सिजन जुटाउन नसकेपछि उपप्रमुखसहित वडाध्यक्षहरूको माफी

Trulli
ADVERTISEMENT

भक्तपुर– मध्यपुर थिमि नगरपालिकाका उपप्रमुखसहित ६ जना वडाध्यक्षको टोलीले अक्सिजन सिलिन्डर जुटाउन नसकेकामा स्थानीयसँग माफी मागेको छ । कृषि विकास तालिम प्रतिष्ठान बोडेमा पालिकाद्वारा सञ्चालित आइसोलेसन केन्द्रमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अक्सिजन व्यवस्था गर्न नसकेको भन्दै उपप्रमुख र वडाध्यक्षहरूले माफी मागेका हुन् ।

 

उपप्रमुख अञ्जनादेवी मधिकर्मी र ६ जना वडाअध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नगरवासीसँग गरेको वाचाकसम कार्यान्वयन गर्न नसकिएको भन्दै क्षमा मागेका हुन् । 

 

वडा नम्बर १ का सुरज खड्का, २ का राम थापामगर, ३ का प्रेमबहादुर कुटु, ४ का कुमार श्रेष्ठ, ६ का इन्द्रबहादुर प्रजापति र ९ का रामकाजी चक्रधर सम्मिलित गत २७ वैशाखमा बसेको संयुक्त बैठकले बोडे आइसोलेसन केन्द्रमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अक्सिजन व्यवस्थाका लागि ९० लाख रुपैयाँ छुट्याउने निर्णय गरेको थियो ।

 

सोही निर्णयअनुरूप वडाको विकास बजेट कटौती गरी प्रत्येक वडाले १५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णयसमेत गरेको थियो । वडा नम्बर २ का वडाध्यक्ष एवं नगरपालिका प्रवक्ता राम थापा मगरका अनुसार उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो ।
 

‘२७ वैशाख २०७८ मा ६ जना वडाध्यक्षहरूले संयुक्त हस्ताक्षर गरी आगामी दिनमा सम्पूर्ण जनप्रतिनिधिको सहमति लिने गरी कृषि विकास बैंक तालिम केन्द्र बोडेमा नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन केन्द्रमा कोरोना संक्रमित नागरिकलाई विज्ञसहित आवश्यक स्वास्थ्यकर्मी र औषधीका साथै अक्सिजनसहितको प्राथमिक उपचार सेवा सञ्चालनका लागि गत ५ जेठमा प्रस्ताव पेस गरेका थियौँ । सो मानवीय कार्य गर्न नसकेकामा सम्पूर्ण नगरबासीसमक्ष क्षमाप्रार्थी छौँ,’ विज्ञप्तिमा भनिएको छ ।