close

भेरी अस्पतालमा तनाव, सङ्क्रमितको मृत्युपछि आफन्तद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण 

भेरी अस्पतालमा तनाव, सङ्क्रमितको मृत्युपछि आफन्तद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण 

Trulli
ADVERTISEMENT

बाँके– दाङबाट ल्याइएका एक सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएपछि नेपालगञ्जमा रहेको भेरी अस्पतालमा आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् ।

 

कोरोना संक्रमण देखिएपछि जेठ ४ गते अस्पतालमा भर्ना भएका संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा गएराती ८ बजे मृत्यु भएको थियो । मृतकका आफन्तले भने अस्पतालको लापरवाहीले गर्दा विरामीको मृत्यु भएको भन्दै आक्रोशित बनेका थिए ।

 

अस्पतालका अनुसार डा. चन्द्रप्रकाश साहु, नर्स अस्मिनी गुरुङ र सदिक्षा गैरैमाथि हातपात भएको छ । आक्रमणमा उत्रिएका आफन्तले आईसियु कक्षसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ । घटना लगत्तै अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको निर्देशनपछि प्रहरीले तोडफोड गर्ने मृतकका आफन्तलाई पक्राउ गरेको छ ।

 

घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको छ । चिकित्सक तथा नर्सहरुले पटक पटक हुने यस्ता घट्नाले आफुहरुलाई निरुत्साहित बनाएको बताएका छन् ।