close

जलजला अपडेट : ११ को मृत्यु, शव व्यवस्थापनमा पालिका सक्रिय

जलजला अपडेट : ११ को मृत्यु, शव व्यवस्थापनमा पालिका सक्रिय

Trulli
ADVERTISEMENT

पर्वत– कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शब व्यवस्थापन गर्न पर्वतको जलजला गाउँपालिका आफैं सक्रिय भएको छ । सबैजसो शव नेपाली सेनाको नेतृत्वमा व्यवस्थापन भइरेहेको अवस्थामा जलजलाले भने आफैं व्यवस्थापन गरिरहेको हो ।

 

सामाजिक विकास समितिका संयोजक गोविन्द खत्रीको संयोजकत्वमा संघ सरकारले जारी गरेको मापदण्डका आरधारमा गाउँपालिकाले शव व्यवस्थापन गर्न समिति नै बनाएको हो । समितिमा स्वस्थ्यकर्मी, समाजसेवी, नगर प्रहरी लगायत सदस्य रहेका छन् । 

 

जलजलामा हालसम्म ११ जनाको मृत्यु भइसकेको र अझै १६१ जना सक्रिय संक्रमित रहेको जलजला गाउँपालिकाले जनाएको छ ।