close

बेलवारीको मागः अनुमति देउ ८० हजार डोज कोरोना खोप किन्छौँ 

बेलवारीको मागः अनुमति देउ ८० हजार डोज कोरोना खोप किन्छौँ 

Trulli
ADVERTISEMENT

मोरङ- मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग स्वीकृति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरिद गर्ने जनाउँदै मन्त्रालयमा  पत्रचार गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । 
 
नगरपालिकाले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गरेको हो । पहिलो चरणमा १८ वर्ष देखि ४० वर्षसम्मका ४० हजार दोस्रो चरणमा  ४० हजार डोज खोप स्वीकृतिका लागि माग गरिएको नगर प्रमुख सुवेदीले बताए । 

 

नगरप्रमुखका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर खोप ल्याइने छ । नागरिककलाई बचाउन जसरी भएपनि खोप किन्नैपर्ने आवश्यकता भइसकेकोले खोप खरिदका लागि अनुमति मागेको उनको भनाइ छ । 

 

बेलबारीमा २ सय ५० जना भन्दा बढी कोरोना सक्रमित छन् भने १० जनाले ज्यान गुमाइसकेका छन् । नगरपालिकाको अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ भने आफनै एम्बुलेन्स तथा अन्य केही संघ सस्थाका एम्बुलेन्स समेत नगरपालिकाले लिएर कोराना सक्रमितहरुलाई निःशुल्क अस्पताल लैजाने ल्याउने समेत गरिरहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।