close

प्रदेश १ का बालबालिकासँग सामाजिक विकास मन्त्री

प्रदेश १ का बालबालिकासँग सामाजिक विकास मन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रदेश १ का बालबालिका र सामाजिक विकास मन्त्री उषाकला राईबीच जेठ १५ मा अन्तर्क्रिया हुने भएको छ । इटहरी नगर बाल सञ्जालको आयोजना र नगर बाल सञ्जाल दमक र कमल बाल सञ्जाल सह-आयोजक रहेको उक्त अन्तर्क्रिया भर्चुवल माध्यम (जुम)बाट हुनेछ । 

 

प्रदेश १ भरी रहेका सक्रिय बाल सञ्जालहरुको सहभागितामा हुने अन्तर्क्रियामा करीब २ सय प्रतिनिधि मूलक बालबालिकाको सहभागिता रहने छ । 

 

कार्यक्रममा बालबालिकाका लागि प्रदेश सरकारले कस्ता काम गरिरहेको छ र पालिका स्तरबाट हुनुपर्ने कामको बारेमा सबै बालबालिकालाई जानकारी गराइने छ । साथै सरकारले गरेका काम र गर्नुपर्ने कामका बारेमासमेत बालबालिकाहरुले समिक्षा गर्ने छन् । 

 

१ बर्षभित्र सडक बालबालिका मुक्तगर्ने मुख्यमन्त्रीको घोषणा, त्यसको कार्यान्वयन र उपब्धिको विषमा मन्त्री राईले बालबालिकालाई जानकारी गराउने छिन् ।

 

अन्तर्क्रिया कार्यक्रमले बाल सञ्जालबीच सहकार्य बढ्ने र एक अर्काले गरेका राम्रा कामका बारेमा जानकारी लिनसक्ने कार्यक्रमका संयोजक तथा नगर बालसञ्जाल इटहरीका सह-सचिव मनिष कार्कीले पालिका खबरलाई बताए ।  


बालबालिका विषयमा प्रदेश र स्थानीय सरकारले गर्नु पर्ने काममा जहाँ समस्या छ त्यसलाई फुकाउनुको साथै अबका दिनमा अझ प्रभावकारी ढंगले अगि बढ्न प्रदेश सरकारलाई सुझाब दिनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्की बताउँछन् ।


कार्यक्रम जेठ १५ गते शनिबार १ बजेदेखि सुरु हुनेछ र बढिमा ३ घण्टा चल्ने छ । अन्तर्क्रियाको लागि जुम आईडी ४६९८५४५८७४ र पासवर्ड ११२२ रहेको छ ।