close

काेराेना नियन्त्रणलाई लिएर सर्लाहीमा जनप्रतिनिधि र प्रजिअबीच विवाद

काेराेना नियन्त्रणलाई लिएर सर्लाहीमा जनप्रतिनिधि र प्रजिअबीच विवाद

Trulli
ADVERTISEMENT

सर्लाही- कोरोना संक्रमणको दोस्रो लहर व्यावस्थापनमा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ । 

 

तीन महिनाअघि आएका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना महामारीमा निषेधाज्ञा लगाउनेबाहेक अरू कुनै पनि सहकार्य नगरेको जनप्रतिनिधिहरूको आरोप छ । 

 

समुदायस्तरमा संक्रमण फैलिएसँगै अक्सिजनको अभावले ज्यान गुमाउनेको सङ्ख्या बढेपछि प्रमुख जिल्ला अधिकारीलाई अक्सिजनको अभाव टार्न पटकपटक आग्रह गरिए पनि समस्याको समाधान गर्न कुनै पहल नभएको सर्लाहीका पालिका प्रमुखहरुको गुनासो छ । 

 

देशैभर अक्सिाजन सिलिन्डरको अभाव रहेकाले सर्लाहीमा पनि अभाव देखिएको तर, अभाव पूर्ती गर्न जिल्ला प्रशासन लागिरहेको प्रमुख जिल्ला अधिकारी तामाङ बताउँछन् ।

 

जिल्ला प्रशासन कार्यालयबाट कोरोना संक्रमणतर्फ कुनै पहल नभएपछि  लालबन्दी, हरिवन, बागमती र इश्वरपुर नगरपालिका आफैं व्यवस्थापनमा जुटेका छन् ।