close

निषेधाज्ञाले अर्थतन्त्रमा सङ्कुचन आयाे: अर्थ सचिव

निषेधाज्ञाले अर्थतन्त्रमा सङ्कुचन आयाे: अर्थ सचिव

Trulli
ADVERTISEMENT

काठमाडाैं- आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताएका छन् । तथापी आर्थिक वृद्धिबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक नै रहेको पौडेलले जानकारी दिए ।

 

पौडेलले कोभिड-१९ को कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताए । केन्द्रीय तथ्याङ्क विभागले चालु आवको आर्थिक वृद्धिदर ४.०१ हुने बताएको थियो । मन्त्री पौडेलले आर्थिक वृद्धिदरबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक रहेको जानकारी दिए । 

 

आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर पुगेको उल्लेख गरे । पौडेलका अनुसार राष्ट्रिय खर्च योग्य आम्दानी एक हजार ४८६ डलर पुगेको छ । मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको छ । आयात-निर्यातको अवस्था सन्तुलनमा रहेको छ ।

 


अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले निषेधाज्ञाअघिसम्म अर्थतन्त्रको वृद्धिदर विगतको भन्दा राम्रो भए पनि कोरोनाको दोस्रो लहरका कारण समस्या पैदा भएको बताए ।

 

चालु आवको बजेटको मध्यावधि समीक्षामा करीब पाँच प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएकोमा कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपर्दा अर्थतन्त्रमा सङ्कुचन आएको सचिव ढुङ्गानाले बताए ।