close

कागेश्वरी मनोहराले भन्योः जिटुजी मोडलवाट खोप किन्छौँ अनुमति देऊ

कागेश्वरी मनोहराले भन्योः जिटुजी मोडलवाट खोप किन्छौँ अनुमति देऊ

Trulli
ADVERTISEMENT

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाले कोरोनाविरुद्धको खोप किन्न एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । नगरपालिकाको ७०औं कार्यपालिका बैठकले आफ्ना नगरवासीलाई कोरोनाबाट जोगाउन खोप किन्ने निर्णय गर्दै एक करोड रुपैँया बिनियोजन गरेको हो । 

 

नगरप्रमुख कृष्णहरि थापाका अनुसार कार्यपालिका बैठकले खोप किन्न १ करोड बजेट छुटे्याउँदै जिटुटी प्रकृयामार्फत खोप किन्ने निर्णय गरेको हो । 

 

घहामीले खोप खरिदको बाटो खोल्यौँ, अव केन्द्र सरकारले अनुमति दियो भने हामी चीनवाट भगिनी सम्वन्ध भएका नगरमाफृत खोप ल्याउन सक्छौं ।’

 

थापाका अनुसार निःशुल्क खोप ल्याउन पहल गरिने र त्यसो हुन नसके खरिद गरेर भएपनि नागरिकलाई खोप सुविधा दिने निर्णयमा नगरपालिका पुगेको हो । 

 

नगरपालिकाभित्र एक लाख ३ हजार जनता छन् । नगरमा संघीय सरकारले १८ जेठवाट भेरोसिल खोप लगाउने भनिसकेको छ । 

 

नगरपालिकाले हालसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा मात्र ३ करोड रुपैयाँ खर्च गरिसकेको नगर प्रमुख थापाले बताए । 

 

नगरपालिकाभित्र कोरोनाको दोस्रो लहर सुरु भएपछिमात्र ४० जनाले ज्यान गुमाइसकेका छन् भने  हाल १५५४ जना संक्रमित छन् । ती मध्ये होम आइसोलेसनमा १ हजार ३९ जना छन् ।