close

प्रधानमन्त्रीको सम्बोधन कि राष्ट्रपतिको अधिकारमाथिकाे हस्तक्षेप ? 

प्रधानमन्त्रीको सम्बोधन कि राष्ट्रपतिको अधिकारमाथिकाे हस्तक्षेप ? 

Trulli
ADVERTISEMENT

काठमणाैं- ‘आगामी आर्थिक वर्षमा गरिने कामहरू यिनै नीतिहरूका आधारमा अर्थमन्त्रीको बजेट वक्तव्य मार्फत सार्वजनिक गरिनेछ ।’  प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा गरेको सम्वोधनको ७०औं नम्बरको बुँदा हो यो । 


यसको आशय हो, भोलि सरकारले अध्यादेशमार्फत ल्याउन लागेको बजेटको नीति र कार्यक्रम आज प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्वोधन गर्नेक्रममा सार्वजनिक गरे । 


प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने घोषणा गरेका प्रधानमन्त्रीले अध्यादेशबाट बजेट ल्याउनुपर्ने अवस्था आएपछि संसदमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न पाइनन् । 


राष्ट्रपतिको यो अवसर खोसिएपछि बजेटको अघिल्लो दिन सम्वोधन गर्न उपस्थित भएका ओलीले ७२ बुँदे सम्वोधन गरे । सम्बोधनमा अधिकांश समय सरकारको बचाउ र आफुले गरेका कामका साथै प्रतिनिनिधि सभा विघटनमा खर्चिएका ओलीले नयाँ सन्देश भने केही पनि दिएनन् । 


अन्य दललाई चुनावी सरकारमा आउन गरिएको आह्वान होस् या कोरोना नियन्त्रणमा सरकारले गरेका काम, सबै यसअघि उनले कुनै न कुनै माध्यमबाट सार्वजनिक गरिसकेका छन् । 


ओलीको आजको सम्वोधन बजेट अघि राष्ट्रपतिले सार्वजनिक गर्ने नीति तथा कार्यक्रमका रुपमा आएको र यो अनावश्यक भएको अर्थविद्देखि राजनीतिज्ञसम्मले टिप्पणी गरेका छन् । 


४६औं बुदासम्म आफुले गरेका कामको फेहरिस्त सुनाएका प्रधानमन्त्रीले त्यसपछि सरकारको नीति तथा कार्यक्रमकै शैलीमा भाषण मात्र गरेनन् भोलि बजेटसमेत यही नीतिका आधारमा आउने घोषणा समेत गरे ।