close

अक्सिजन प्लान्ट बनाउन भक्तपुरले जुटायो १ करोड ३४ लाख

अक्सिजन प्लान्ट बनाउन भक्तपुरले जुटायो १ करोड ३४ लाख

Trulli
ADVERTISEMENT

भक्तपुर- अक्सिजन प्लान्ट निर्माणका लागि भक्तपुर नगरपालिकाले थप ७१ लाख रुपैयाँ जुटाएको छ । योसँगै पालिकाले ९ दिनमा जनस्तरमार्फत १ करोड ३४ लाख सहयोग पाएको हो ।

 

नगरपालिकाका अनुसार प्रकोप व्यवस्थापन कोषमा ५ देखि १३ जेठसम्म १ करोड ३४ लाख ६९ हजार ६ सय २५ रुपैयाँ जम्मा भएको छ ।

 

बिहीबार मात्रै ७१ लाख ३१ हजार ९ सय २७ रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नगरभित्रका सहकारी संस्थाबाट बिहीबार प्राप्त सहयोगअन्तर्गत सदीच्छा बचत तथा ऋण सहकारी संस्थाबाट ११ लाख ११ हजार १ सय ११, दियालो बचत तथा ऋण सहकारीबाट १ लाख, सञ्चित बचत तथा ऋण सहकारीाबाट १ लाख, झीगु ख्वप बचत तथा ऋण सहकारीबाट १ लाख, लोकेश्वर बचत तथा ऋण सहकारीबाट १ लाख ११ हजार १ सय ११, महेश्वरी बचत तथा ऋण सहकारीबाट १ लाख १९ हजार ६ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

 

त्यस्तै, जय भीमसेन बचत तथा ऋण सहकारीबाट ५० हजार, विकास बचत तथा ऋण सहकारीबाट २५ हजार, आवश्यक कृषि सहकारी संस्थाबाट ५ हजार, सुकुन्दा बचत तथा ऋण सहकारीबाट २ लाख, चोछेँ छुमा गणेश बचत तथा ऋण सहकारीबाट १ लाख ११ हजार १ सय ११, श्रद्धा बचत तथा ऋण सहकारीबाट ५० हजार ५ सय ५५, आधुनिक कृषि सहकारीबाट २५ हजार ६०, यक्षेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख र कस्मिक बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख रुपैयाँ सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

 

नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन व्यवस्था गर्न प्लान्ट र स्वास्थ्य उपकरण व्यवस्थाका लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ-संस्था र दाताबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने क्रम जारी छ ।

 

भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले १ करोड २० लाख रुपैयाँ लागत पर्ने अक्सिजन मेसिन सञ्चालन गर्न लागिएको बताए । आफैंले स्रोत जुटाई अक्सिजन प्लान्ट मात्र नभई भेन्टिलेटर र आइसियु व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाउने योजना रहेको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।

 

१ सातामा मेसिन आइपुगे २० दिनभित्रै आफ्नै अक्सिजन प्लान्ट सुरु हुने उनले बताए । यसबाट दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन हुनेछ ।

 

नगरकोट सिल

 

चाँगुनारायण नगरपालिकाले नगरकोट क्षेत्र सिल गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस नगरकोटमा पनि फैलिएकाले सिल गरिएका हो । नगरपालिकाले बिहीबार सूचना जारी गरी सो क्षेत्र सिल गरेको घोषणा गरेको ।


सूचनाअनुसार साविक नगरकोट गाविस वडा नम्बर ७ र ८ भट्टेडाँडाको आसपास, बजार क्षेत्र र मन्दनदेउपुरसँगै भक्तपुर र काभ्रेको सिमानामा पनि कोरोना संक्रमण तीव्र बनेका कारण सम्भावित जोखिम कम गर्न वडा सिल गरिएको हो । 

 

चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सन्ते वाइबाका अनुसार २१ जेठसम्मका लागि सिल गरिएकाले औषधी, इन्धनबाहेकका सबै पसल र उद्योग बन्द गरिनेछ । सो अवधिमा दूध संकलन तथा बिक्री गर्ने डेरीसमेत पूर्ण रूपमा बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।