close

अक्सिजन प्लान्ट जडान गर्दै चाँगुनारायण

अक्सिजन प्लान्ट जडान गर्दै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पतालमा प्लान्ट जडान गरिन लागेको हो । 

 

प्लान्ट जडान गर्न नगरपालिकाले चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको छ । करिब १ करोड ५७ लाख रुपैयाँ बराबरको लगानीमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिनेछ । त्यसका लागि फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम बेहोर्ने समझदारी भएको छ । 

 

फाउन्डेसनका अध्यक्ष मणिराज खत्रीले चाँगुनारायण अस्पताललाई व्यवस्थित बनाएर नगरबासीलाई स्वस्थ राख्न यो महामारीमा आ–आफ्नो ठाउँबाट सहयोग गर्ने अभियान थालेर नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न लागिको उनले बताए ।

 

खत्रीका अनुसार नेदरल्यान्डस्थित स्टिचिङ नेपाल नामक संस्थासँग समन्वय गरी प्लान्ट स्थापना गर्न लागिएको हो । १ महिनाभित्रै प्लान्ट सञ्चालनमा ल्याउने योजना बनाएको फाउन्डेसनले हालसम्म २१ लाख रुपैयाँ संकलन गरिसकेको छ । खत्रीले अबको केही दिनदेखि अस्पतालमा प्लान्ट जडानका लागि काम सुरु गरिने जानकारी दिए ।