close

अमेरिकी राष्ट्रपति जे बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्ताव

अमेरिकी राष्ट्रपति जे बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्ताव

Trulli
ADVERTISEMENT

एजेन्सी- अमेरिकी राष्ट्रपति जे बाइडेनले आगामी आर्थिक वर्षका लागि ६० खर्ब डलरको बजेट प्रस्ताव गरेका छन् । 

 

बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रम ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिनुपर्ने करको दायरामा भने निकै वृद्धि गरिएको छ । 

 

बजेट ‘अमेरिकी नागरिकमा सीधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने साथै दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने दाबी डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति बनेका बाइडेनले दाबी गरेका छन् ।

 

यो वर्षको अनुमानित घाटा ३.७ ट्रिलियन पुग्ने बजेटमा बताइएको छ भने अर्को वर्ष यो घाटा १.८ ट्रिलियनमा झर्ने उल्लेख गरिएको छ । 


कोभिड-१९ महामारी लक्षित राहतका लागि ५ खर्ब अमेरिकी डलर स्वीकृत गरिसकेको अवस्थामा बजेटले थप ३० खर्ब डलरभन्दा बढी राष्ट्रिय ऋण पुग्ने प्रक्षेपण गरिएको छ । 


बजेटमा ८०० अर्ब डलरभन्दा बढी रकम जलवायु परिवर्तनविरुद्धको लडाइँका साथै स्वच्छ ऊर्जामा लगानी गर्न छुट्याइएको छ भने २०० अर्ब पूर्वप्राथमिक विद्यालयमा जाने उमेरका बालबालिकालाई निःशुल्क विद्यालयको व्यवस्था गर्न र १०९ अर्ब डलर सम्पूर्ण अमेरिकीको २ वर्षे निःशुल्क सामुदायिक कलेज खर्च, २२५ अर्ब डलर परिवार भत्ता र चिकित्सकीय बिदामा खर्चिने बताइएको छ ।

 

बाइडेनले ११५ अर्ब डलर सडक र पुल निर्माणका साथै १६० डलर सार्वजनिक यातायात र रेल सेवा सुधारका लागि छुट्याएका छन् भने १ खर्ब डलर ब्रोडब्यान्ड इन्टरनेट पहुँचमा सुधारका लागि खर्चिने बताइएको छ । 

 

बजेट कार्यान्वयनका लागि अमेरिकी संसद् कंग्रेसबाट पारित हुनुपर्नेछ । रिपब्लिकन पार्टीका सिनेटर लिड्से ग्राहमले योजनालाई अनावश्यक रूपमा महँगो भनेर आलोचना गरेका छन् ।