close

सबै स्थानीय तहमा स्वास्थ्य बिमा सञ्चालन गर्न साढे ७ अर्ब  विनियोजन

सबै स्थानीय तहमा स्वास्थ्य बिमा सञ्चालन गर्न साढे ७ अर्ब  विनियोजन

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ ।


बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताए ।


स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दिगोपनका लागि वैकल्पिक वित्तीय स्रोत व्यवस्था गरिने पौडेलले जानकारी दिए ।


स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गरिनेछ ।