close

२ वर्षमा दूध-तरकारी तथा ५ वर्षमा चामलमा आत्मनिर्भर बनाउने अर्थमन्त्रीको घोषणा 

२ वर्षमा दूध-तरकारी तथा ५ वर्षमा चामलमा आत्मनिर्भर बनाउने अर्थमन्त्रीको घोषणा 

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले आगामी २ वर्षभित्रमा देशलाई दूध र तरकारीमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । 


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमार्फत आगामी २ वर्षभित्र देशलाई दूध र तरकारीमा आत्मनिर्भर बनाइने घोषणा गरेका छन् । 


सरकारले ५ वर्षभित्रमा चामलमा आत्मनिर्भर हुने घोषणा पनि गरेको छ । 

 

आगामी आर्थिक वर्ष २०७८/७९ को आय-व्यय वक्तव्य मा अर्थमन्त्री पौडेलले दूधको खपत बढाउन धुलो दूध उद्योग स्थापनामा अनुदान दिइने व्यवस्थापनि मिलाएको बताएका छन् ।

 

त्यसैगरी भूमिहीन, सुकुम्बासी, पूर्वकमलरी, पूर्व कमैया, हरुवाचरुवा र अव्यवस्थित बसोवासीलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने बजेटमाफृत घोषणा गरिएको छ ।