close

कोटेश्वरमा सुरुङमार्ग बन्ने, सरकारले दियो १ अर्ब ८० करोड बजेट  

कोटेश्वरमा सुरुङमार्ग बन्ने, सरकारले दियो १ अर्ब ८० करोड बजेट  

Trulli
ADVERTISEMENT


काठमाडौंं- तीनकुने जडीबुटीको जाम हटाउन बनाउन लागिएको सुरुङमार्गका लागि बजेटमार्फत सुरूङमार्ग बनाउन अर्थमन्त्री विष्णु पौडेलले १ अर्ब ८० करोड बजेट छुट्टाएका छन् ।

 

सरकारले आर्थिक वर्ष २०७८/७९ मा चक्रपथमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर पनि बनाउने भएको छ ।

 

सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाइने बजेटमा घोषणा गरिएको छ । 


बजेटमा २ वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न २ अर्ब ६४ करोड बजेट दिइएको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याउन ९ अर्ब ८५ करोड बजेट पनि विनियोजन भएको छ ।