close

रेलले १० अर्ब पाउँदा, कृषिलाई ४५ अर्ब 

रेलले १० अर्ब पाउँदा, कृषिलाई ४५ अर्ब 

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले रेलमार्गका लागि आगामी आर्थिक वर्षमा १० अर्व ३ करोड बजेट खर्च गर्ने भएको छ ।


बजेट भाषणमार्फत  सरकारले केरुङदेखि पूर्व पश्चिम रेल मार्गका लागि यो बजेट विनियोजन गरेको हो ।

 

रेलले यतिका धेरे रकम पाउँदा देशको मेरुदण्ड कृषि क्षेत्रले भने ४५ अर्ब ९ करोड बजेट पाएको छ । 

 

कृषि तथा पशुपन्छी क्षेत्रको बजेट अद्दिल्लो वर्षको तुलनामा करिव चार अर्ब वृद्धि गरेर यति बनाएको हो ।

 

सरकारले कृषि र पशुपन्छीको क्षेत्रमा  विनियोजन गरेको छ । गत वर्ष उक्त क्षेत्रको लागि ४१ अर्ब ४० करोड विनियोजन गरिएको थियो ।

 

सरकारले रासायनिक मलको अनुदानमा दिइँदै आएको अनुदान पनि बढाएको छ ।  रासायनिक मल खरीद गर्न दिइएको अनुदानमा वृद्धि गरी १२ अर्ब पुर्‍याइएको छ ।