close

आयआर्जन सुधार्न विपन्नलाई उन्नत जातका बाख्रा 

आयआर्जन सुधार्न विपन्नलाई उन्नत जातका बाख्रा 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको सिँजा गाउँपालिका वडा नम्बर ६ का विपन्न कृषकको आयआर्जनमा सुधार ल्याउन स्थानीय सरकारले उन्नत जातका बिउ बाख्रा वितरण गरेको छ । कृषकको जीवनस्तर उकास्न तथा व्यावसायिक बाख्रापालन बढाएर आम्दानी बढाउन किसानलाई उन्नत बाख्रा वितरण गरिएको हो ।

 

परम्परागत बाख्रापालन गर्दै आएका किसानलाई व्यवसायी बनाउन थप उन्नत जातका बाख्रा वितरण गरिएको सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।

 

उनले भने, ‘व्यवसाय प्रवर्द्धनसँगै किसानलाई प्रोत्साहित गर्न बाख्रा दिएका हौँ । सिँजा क्षेत्र बाख्रापालनका लागि उपयुक्र छ । यहाँ चरन क्षेत्र प्रशस्त हुनु र स्थानीयको आकर्षण भएकाले पनि बाख्रापालन व्यावसायिक बन्ने अपेक्षा गरिएको छ ।’

 

पहिलो चरणमा वडा नम्बर ६ मा व्यावसायिक बाख्रापलक १३३ जना किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको अध्यक्ष रावलको भनाइ छ । उनका सिँजाका रुघा, काँडागाउँ, भाडगाउँका १ सय ३३ किसानलाई ५÷५ वटा बाख्रा वितरण गरिएको हो ।

 

१३३ जनालाई प्रतिकिसान ५/५ वटा बाख्राका दरले पहिलोे चरणमा ६६५ वटा बाख्रा वितरण गरिएको पशु शाखा संयोजक मित्रलाल धितालले जानकारी दिए । उनले भने, ‘कोरोनाले गर्दा सबै व्यवसाय ठप्प छ । प्राकृतिक विपत्तिले विगतमा सयौँ भेडाबाख्रा मर्दै आएका छन् । किसानलाई राहतसँगै आयआर्जन वृद्धि गर्ने उद्देश्यले विपन्न घरपरिवार छनोट गरी बाख्रा दिइएको हो ।’


घरमै पुगेर ५/५ वटा बाख्रा दिँदा किसान खुसी भएका छन् । किसानको जीवनस्तर उकास्न तथा चरन क्षेत्रअनुसार बाख्रापालनलाई व्यावसायिक बनाउन सिँजामा भेडापालनलाई बढावा दिइएको हो ।