close

वितेका चार वर्षमा सोचेअनुसार काम गर्न सकेनौँः उपाध्यक्ष पराजुली (भिडियाे वार्ता)

वितेका चार वर्षमा सोचेअनुसार काम गर्न सकेनौँः उपाध्यक्ष पराजुली (भिडियाे वार्ता)

ADVERTISEMENT

नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपमलिकाकी उपाध्यक्ष हुन् सिता पराजुली । पालिकाले यो बीचमा विशेष गरी स्वास्थ्य क्षेत्रमा जोड दिएको र रोजगार गुमाएका पालिकाबासीलाई ‘एक घर , एक रोजगार’ व्यवस्था गर्ने अनुसार कार्यक्रम ल्याएको उपाध्यक्ष पराजुली बताउँछीन् । पालिकाखबर बुलेटिनको पालिका टकमा करिस्मा कार्कीले पराजुलीलाई कोरोना संकटको रोकथाममा पालिकाको पहल, महामारीले विकास निर्माणमा पारेको असर लगायतका विषयमा गरिएको प्रश्नमा पाजुलीको जवाफः

 

विगतमा शहरी क्षेत्रमा वढी देखिएको कोरोना संक्रमण दर यसपटक गाउँमा सर्दै गएको छ । तपाईको पालिकापनि यसवाट अछुतो रहेन । नियन्त्रण, रोकथाम र उपचारका लागि पालिकाका तर्फवाट कस्ता पहल गरिरहनु भएको ? 
हामो गाउँपालिकामा हामीले संक्रमण फैलिएपछि समुदायमा नदेखिँदै हामीले आइसोलेसन कक्ष बनायौँ । 


आवश्यक पर्ने सामग्री, अक्सिजनको व्यवस्था गर्‍यौँ । कोभिड लागेर आएकालाई हामीले संस्थागत आइसोलेसनमा राखेर व्यवस्थापन गर्न सजिलो भएको छ । 

 

अहिले पालिकामा सक्रिय संक्रमित र मृत्यु कति जनाको भयो ? 
१ सय १३ जनाको पीसीआर गरेको १९ जना सक्रिय संक्रमित छन् । हामीले एन्टिजेन परीक्षण ५१ जनामा गर्दा ८ जनामा संक्रमण देखियो । त्यसमा हाम्रोमा मृत्यु भने एक जनाको भएको छ । 

 
संकटबारे विज्ञहरुले खतरा छ भन्दाभन्दै आइसोलेसन, अस्पताल, स्वास्थ्य उपकरण जस्ता विषयको व्यवस्थापनमा चुक्नुभयो हैन तपाइहरु पनि ? 
हामीले विज्ञको भनाइ अनुसार नै दोस्रो लहरको कोभिड बढेसँगै कसरी व्यवस्थापन गर्ने ? कसरी आइसोलेसन कता बनाउने ? अक्सिजन कसरी व्यवस्थापन गर्ने भनेर लाग्यौँ । तर, हामीले महामारी यसरी फैलिएला भन्ने सोचेनौँ । तर, हामीले तयार गरेको आइसोलेसनका कारण संक्रमितलाई व्यवस्थापन गर्न सजिलो नै भयो ।  

 

यतिवेला त विकास बजेटसमेत कोरोना रोकथाम र नियन्त्रणमा खर्च गर्नुपरिरहेको अवस्था छ । यो दोस्रो लहर सुरु भएपछि भने तपाईहरुले कति खर्च गर्नुभयो, जनताले रोगविरुद्ध स्थानीय सरकार लडिरेको अनुभूति कसरी गर्दैछन ?
यो वर्षको बजेट बनाउँदै गर्दा केही गरि विपद् आउन सक्छ भनेर हामीले विपद्ेका लागि बजेट राखेका थियौँ । त्यही बजेट अनुसार अहिले कोभिडमा खर्च भइरहेको छ । अन्य बजेटबाट पनि हामीले कोभिड रोकथाम गर्नुपर्छ भनेर रकमान्तरण गरेर स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । हामीले बजेट छुट्याएका थियौँ । 
 
कोरोना कहरले गाँजेको पनि डेढ वर्ष वढी भयो,यो वीचमा जनताका विकासका आकांक्षालाई पुरा गर्ने दिशातर्फ कस्ता कदम चाल्नुभयो ? 
हामीले यो बीचमा विशेष गरी स्वास्थ्य क्षेत्रमा जोड दियौँ । शिक्षमा जो्ड दियौँ । कोभिडको बीचमा रोजगारी क्षेत्रमा जोडि दियौँ । स्थानीयलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा कार्यक्रम ल्यायौँ । ‘एक घर , एक रोजगार’ व्यवस्था गर्ने अनुसार कार्यक्रम ल्यायौँ । र, त्यो कार्यक्रमबाट केहीले रोजगारी समेत पाए ।

 

अन्तमा, कार्यभार सम्हालेको ४ वर्ष भएछ । यो अवधिमा न्यायिक समितिको संयोजक र पालिकाको नेतृत्वकर्ताको हैसियतमा कस्ता काम गर्नुुभयो ? के गर्न बाँकी छ जस्तो लाग्छ ?  
मैले चार वर्षको कार्यकाल भित्रको जति पनि काम गरेँ, जसरी काम गर्दैछु सोचे अनुसारको गर्न सकेको छैन । त्यही पनि जति पनि काम गरियो त्यसैमा हामी सन्तुष्ट छौँ । नागरिक पनि सन्तुष्ट छन् । न्यायिक समितिको विषयमा कुरा गर्दा हामीले आएका निवेदन अनुसार सबैलाई न्याय दिन नसके पनि कसैलाई अन्याय हुने काम गरेनौँ ।