close

जनताकाे मतः स्थानीय सरकारलाई तयारीसहित कोरोनाविरुद्धको खोप खरिद गर्न देऊ (भिडियाेसहित)

जनताकाे मतः स्थानीय सरकारलाई तयारीसहित कोरोनाविरुद्धको खोप खरिद गर्न देऊ (भिडियाेसहित)

ADVERTISEMENT

आफ्ना पालिकाबासीको जिवन रक्षाका लागि यतीबेला धैरै जसो पालिकाहरु संघ सरकारको भरपर्नु भन्दा पनि विकास बजेट कटाएर भएपनि आफै कोरोनाविरुद्धको खोप किन्न तम्सीएका छन् । 

 

उदयपुरको त्रियुगा नगरपालिकाले सुरु गरेको यो अभियान अहिले देशका सबैजसो पालिकासम्म पुगेको छ । ‘यदी सरकारले अनुमति दिने हो भने हामी आफै खोप किनेर लगाउन सक्छौँ’ भनेर देशका अधिकांश पालिकाले सरकारलाई पत्रसमेत पठाइसकेका छन् । 

 

तर, स्थानीय तहलाई कोरोनाविरुद्धको  खोप किन्न दिने कि नदिने भन्ने विषयमा सरकार आफै अन्यौलमा छ यतिबेला ।  

 

संवैधानिक रुपमा कोरोना जस्तो माहामारी नियन्त्रणको अधिकार संघ सरकारलाई छ । त्यसैले पनि संघ सरकारको क्षेत्राधिकारभित्रको काम गर्न स्थानीय सरकारलाई मिल्ने कि नमिल्ने भन्ने प्रश्नसमेत उठेको छ । 

 

यहि विषयमा केन्द्रित रहेर हामीले सुर्खेत र उदयपुरबासीलाई स्थानीय सरकारलाई कोरोनाविरुद्धको खोप खरिद गर्न दिनहुन्छ वा हँदैन भनेर सोधेका छौँ । 


के भन्छन् त उनीहरु: