close

भक्तपुरमा बजेटकाे आ‍ेइराे, कुन याेजनालाई कति बजेट ?

भक्तपुरमा बजेटकाे आ‍ेइराे, कुन याेजनालाई कति बजेट ?

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा गौरवको आयोजनाका रूपमा अन्तर्राष्ट्रिय स्तरको वीर अस्पतालको नयाँ भवन बन्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत नगपालिकाको वडा नम्बर १, २ र ४ मा फैलिएको जग्गामा उक्त अस्पताल अबको ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजना रहेको बताएका हुन् । 


३ वर्षभित्र निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदनलगायत पूर्वतयारी सम्पन्न गरिनेछ ।


भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन एकैसाथ पूरा गरी अस्पताल सञ्चालनमा ल्याइने । यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालयमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने अर्थमन्त्रीले जानकारी दिए ।


काठमाडौंको जडीबुटीदेखि अस्पताल निर्माण स्थलसम्म मनोहरा नदीको दुवै किनारमा ४-४ लेनको करिडोर सडक निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ । 


५ वर्षअगाडि नै अस्पतालको नाममा करिब ५७० रोपनी जग्गाको लालपुर्जासमेत प्राप्त भइसकेको छ । उक्त स्थानमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न १००० शय्याको अस्पताल र शिक्षण संस्था, पुस्तकालय, होस्टेललगायत संरचना निर्माण गर्ने सरकारको लक्ष्य छ । 


यसैगरी भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ । 

 

व्यवस्थित आवासका लागि एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई प्रोत्साहित गरिने भएको छ । चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि, शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका ४ स्थानमा स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गरी सार्वजनिक-निजी साझेदारीमा नयाँ सहर निर्माण अगाडि बढाइने बजेट वक्तव्यमा उल्लेख छ । 

 

यस्तै, घरेलु हिंसामा परेका बेवारिशे महिलालाई संरक्षण गर्न भक्तपुरको सूर्यविनायकमा मंगला सहाना पुनस्र्थापना केन्द्र निर्णाण गरिने भएको छ । भक्तपुरमा सरकारी स्तरबाट बालसुधार गृह सञ्चालन गरिने घोषणा बजेटमा परेको छ ।


भक्तपुरको सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानको निर्माण कार्य सम्पन्न गरिने, भक्तपुरमा मेलम्चीको पानी विवरणका लागि पाइपलाइन वितरण गरिने, सल्लाघारीको ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने कार्यक्रम पनि यसपालिको बजेटमा परेका छन् ।

 

व्यवस्थित आवासका लागि एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्न चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमिलाई स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गरी सार्वजनिक–निजी साझेदारीमा नयाँ सहर निर्माण कार्य अगाडि बढाइने भएको छ । बृहत् काठमाडौं अवधारणाअन्तर्गत ताथली नाला सुरुङ मार्ग सम्भाव्यता अध्ययन गरिने भएको छ ।