close

रूपन्देहीका १६ स्थानीय तहले पाए ६ अर्ब ८२ करोड

रूपन्देहीका १६ स्थानीय तहले पाए ६ अर्ब ८२ करोड

Trulli
ADVERTISEMENT

रूपन्देही– संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि रूपन्देहीका स्थानीय तहलाई झन्डै ६ अर्ब ८२ करोड ९० लाख रुपैयाँ बजेट दिने घोषणा गरेको छ । संघीय सरकारले वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ४ प्रकारका अनुदान स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

 

रूपन्देहीका १६ स्थानीय तहमा पनि बजेट वित्तीय समानीकरण अनुदान, सशसर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ४ प्रकारको बजेट दिने घोषणा भएको हो । रूपन्देहीमा यो वर्ष तिलोत्तमा नगरपालिकामा सबैभन्दा बढी बजेट विनियोजन भएको छ ।

 

नगरपालिकालाई ८३ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विभिन्न ४ प्रकारका मापदण्डका आधारमा बजेट विनियोजन हुने भएका कारण तिलोत्तमाले बढी बजेट पाउन सकेको हो ।

 

यस्तै, रूपन्देहीको एउटा मात्र उपमहानगर बुटवल उपमहानगरलाई ७८ करोड ९६ लाख बजेट विनियोजन भएको छ । देवदह नगरपालिकामा ४२ करोड ६० लाख, लुम्बिनी सांकृतिक नगरपालिकालाई ५४ करोड १५ लाख, सिद्धार्थ नगरपालिकालाई ५३ करोड ४३ लाख, सैनामैना नगरपालिकामा ४२ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

 

त्यस्तै, ओमसतिया गाउँपालिकामा २८ करोड ६० लाख, कञ्चन गाउँपालिकामा ३३ करोड ७५ लाख, कोटहीमाई गाउँपालिकामा २८ करोड ९० लाख, गैडहवा गाउँपालिकामा ३२ करोड ७८ लाख, मर्चवारी गाउँपालिकामा ३० करोड ९५ लाख, मायादेवी गाउँपालिकामा ३५ करोड ८८ लाख, रोहिणी गाउँपालिकामा ३४ करोड १९ लाख, शुद्धोधन गाउँपालिकामा ३१ करोड ४३ लाख, सम्ममरीमाई गाउँपालिकामा ३२ करोड ७५ लाख र सियारी गाउँपालिकाले ३८ करोड ५० लाख रुपैयाँ बजेट पाएका छन् ।

 

आगामी आर्थिक वर्षको बजेटबारे तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे भन्छन्, ‘संघीय बजेट जनमुखी र सन्तुलित रहेको छ । सरकारले सबै क्षेत्रलाई ध्यानमा राखेर बजेट ल्याएको छ । कार्यान्वयन गर्न स्थानीय सरकारले पहल लिनुपर्छ ।’