close

राष्ट्रिय सभा उपनिर्वाचन : नेपालगञ्ज उपमहानगर प्रमुख राणाले गरे मतदान वहिष्कार

राष्ट्रिय सभा उपनिर्वाचन : नेपालगञ्ज उपमहानगर प्रमुख राणाले गरे मतदान वहिष्कार

Trulli
ADVERTISEMENT

रूपन्देही– नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धबलशमशेर राणाले राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् । सोमबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको भन्दै उनले वहिष्कारको घोषणा गरेका हुन् ।

 

स्थानीय सरकारको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगरप्रमुखमा निर्वाचित राणाले भने, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइमा मैले मतदान नगर्ने निर्णय गरेको छु ।’ सामाजिक सञ्जालमा स्पष्टीकरण दिँदै उनले उपनिर्वाचन आफ्नो प्राथमिकतामा नभएको बताएका छन् ।