close

रोल्पा नगर र बुटवल उपमहानगर अब बहिनी–बहिनी

रोल्पा नगर र बुटवल उपमहानगर अब बहिनी–बहिनी

Trulli
ADVERTISEMENT

रोल्पा– रोल्पा नगरपालिका र  बुटवल उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको  छ । 

 

रोल्पा नगरपालिका कार्यालय लिवाङमा बिहीबार रोल्पा  नगरपालिका प्रमुख पूर्ण केसी र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका  थिए । 

 

कृषि, शिक्षा, संस्कृतिलगायतका क्षेत्रमा सहयोग आदानप्रदान गर्न आठ बुँदे सम्झौता समेत भएको छ । हस्ताक्षर गरेको मितिदेखि लागू हुने गरी दुई पालिकाबीच सम्झौता भएको रोल्पा नगरपालिकाका योजना अधिकृत सुदीप डाँगीले बताए । 

 

हस्ताक्षर कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि  शर्मा र रोल्पा नगरपालिकाका उपप्रमुख मनकुमारी घर्ती, प्रमुख प्रशासकीय अधिकृत  मोहन पौडेल तथा योजना अधिकृत सुदीप डाँगीको उपस्थिति थियो ।

 

यसअघि रोल्पा नगरपालिकाले चीनको एनान नगरपालिकासँग  भागिनी सम्बन्ध  राख्ने  प्रयास गरेको थियो । ‘विभिन्न चरणमा छलफल चलिरहेको बेला विश्व महामारीको रूपमा आएको कोरोनाका कारण प्रक्रिया स्थगित भएको हो’, रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भने ।