close

पुतलीबजारका कर्मचारीले कोभिड कोषलाई दिए करिब ६ लाख

पुतलीबजारका कर्मचारीले कोभिड कोषलाई दिए करिब ६ लाख

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको पुतलीबजार नगरपालिकामा कार्यरत कर्मचारीको संयुक्त बैठकले आफूले खाइपाइ आएको पारिश्रमिकबाट ३ दिन बराबरको तलब पुतलीबजार नगरपालिकाको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।


कर्मचारीले ३ दिनको तलबबाट हुन आउने रकम ५ लाख ७९ हजार १ सय ६ रुपैयाँ पालिकाको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

 

पालिकाको कोभिड कोषमा जम्मा हुने ५ लाख ७९ हजार १ सय ६ रुपैयाँले करेनडाँडा स्वास्थ्य चौकीमा अक्सिजनसहितको आइसोलेसन निर्माण गरिने पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए ।


करेनडाँडा स्वास्थ्य चौकीमा थप ५ वटा बेडसमेत थप गरिने र बाँकी रकम पालिकाको कोभिड कोषमै रहने उनको भनाइ छ । पुतलीबजार नगरपालिकामा हाल पालिका, वडा कार्यालय र स्वास्थ्य चौकीमा गरी करिब १ सय ४० कर्मचारी रहेको योजना अनुगमन अधिकृत ताराचन्द्र ढकालले जानकारी दिए ।


पुतलीबजार नगरपालिकाको कोभिड कोषमा रकम जम्मा भइरहेको बताएको छ ।