close

पूर्व प्रहरीबाटै नमोबुद्ध नगरपालिकाको अनर्गल प्रचार (भिडियो खबर)

पूर्व प्रहरीबाटै नमोबुद्ध नगरपालिकाको अनर्गल प्रचार (भिडियो खबर)

ADVERTISEMENT

काभ्रे- कोरोना भाइरसको महामारीसँग मुलुक जुधिरहेको छ । संक्रमणको दर केही घटेको देखिएपनि सक्रिय संक्रमित भने घटेका छैनन् । संक्रमण न्यूनिकरण गर्न स्थानीय सरकार आफ्नो तर्फबाट रात दिन नभनी खटिरहेका छन् । तर, स्थानीय सरकारले केही पनि गरेन भन्दै गलत प्रचार सामाजिक सञ्जालबाट समेत गर्ने काम हुँदै आएको छ ।

 

केही स्थानीय तहले त यसरी हुने प्रचारले कुनै फरक नपर्ने बताउँदै आएका छन् । तर, कहिले काहीँ भने सामाजिक सञ्जालमा गलत अफवाह फैलाएर चरित्रमाथि नै प्रश्न उठाउन थालिन्छ भने स्थानीय सरकार मौन बस्ने कुरै आएन । यस्तै अनर्गल प्रचार गरेको भन्दै काभ्रेको नमोबुद्ध नगरपालिका अब उजुरी दिने तरखरमा जुटेको छ । त्यो पनि एक पूर्व प्रहरी अधिकृत विरुद्ध । 

 

सामाजिक सञ्जालमा अनर्गल प्रचार हुने कुरा कुनै नौलो भएन । यसरी हुने प्रचार रोक्ने दायित्व सरकारको हो । शान्ति, सुरक्षा कायम गर्ने निकायको हो । प्रहरीले निगरानी गर्ने, यसरी हुने अफवाह फैलन रोक्नुपर्ने हो । तर, प्रहरी अधिकारीबाटै अनर्गल प्रचार भयो भने ? अहिले सामाजिक सञ्जालमा काभ्रेको नमोबुद्ध नगरपालिकाका नगर प्रमुख हो भन्दै किटान गरीगलत स्टटस लेखेर भ्रम सिर्जना गर्न खोजिएको छ त्यो पनि पूर्व प्रहरी अधिकृतबाटै । जसको कामप्रति नगरपालिकाले आपत्ति जनाएको छ । 



स्टाटस लेख्ने कृष्ण शिवाकोटी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक हुन् भने उनको घर झापा हो । शिवाकोटीले आफ्नो फेसबुकवालमा पोष्ट गरिएको उक्त स्टाटसमा भनिएका व्यक्ति र फोटोमा देखिएका व्यक्ति भने फरक हुन् । फोटोमा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख देखिंदैनन् । फोटो नमोबुद्ध नगरपालिकाको नभएको पालिकाले जनाएको छ । तर, नमोबुद्ध नगरपालिकाका नगर प्रमुखको नामजोडेर यसरी स्टाटस लेखेकोप्रति नगरले आपत्ति जनाएको हो । 

फोटोमा के छ ?

बेडमा बिरामी महिला छिन् । सँगै उनका आफन्त छन् । उनलाई दुईजनाले एक एक वटा फ्रुटीको प्याकेट हातमा दिंदैछन् भने अर्का एक युवाले फ्रुटी दिएको फोटो खिचिरहेका छन् । यही फोटो राखेर विरामीलाई नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले राहत बाँडे भनेर लेखिएको छ । तर, यो फोटो न नमोबुद्ध नगरपालिका भित्रको हो, न त फोटोमा नमोबुद्धका नगर प्रमुख शर्मा देखिएका छन् । नगर प्रमुख शर्माले भने नियोजित रुपमा बद्नाम गर्न खोजेको भन्दै कानूनी उपचारमा जाने बताएका छन् ।

प्रहरी नायब उपरीक्षक समेत रहेका कृष्ण सिवाकोटीले यतिसम्म सोच्न सकेनन् कि कोरोनाको यस्तो जटिल परिस्थितिमा राहत बाँडिएको हो भने त्यहाँ पक्कै मास्क लगाइएको हुन्छ । तर, फोटोमा कतै मास्क लगाएकाको उपस्थिति देखिंदैन । पूर्व भइसकेका शिवाकोटीबाट भएको यस्तो अक्षम्य अपराधप्रति नगरवासी पनि आक्रोशित बनेका छन् । 

के छ कानूनमा ? 
सामाजिक सञ्जालको दुरुपयोग गरी घृणा, द्वेष फैलाउने कार्य गर्नेविरुद्ध विद्युतीय कारोवार ऐन २०६३ आकर्षित हुन्छ । दफा ४७ मा विद्युतीय स्वरुपमा गैर कानूनी कुरा प्रकाशन गर्ने विरुद्ध उपदफा १  अनुसार 


‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’सोही दफाको उपदफा २ ले यस्ता कसूर पटक पटक गरेमा त्यस्तो कसुर बापत अघिल्लो पटक भएको सजायको डेढी सजाय तोकेको छ । 

 

फेसबुकमा नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक लेखिएको र बर्र्दी समेत लगाइएको तस्वीर राखिएको छ । प्रहरी आचारसंहिताले बर्दी सहित सामाजिक सञ्जालमा राख्न र सार्वजनिक विषयमा टिकाटिप्पणी गर्न निषेध गरेको छ । तर, प्रहरी आचारसंहिताको समेत बर्खिलाप हुने गरी प्रहरी नायब उपरीक्षक शिवाकोटीले सामाजिक सञ्जालमा निरन्तर यस्ता हर्कत गर्दै आएको उनका स्टाटसले देखाएका छन् ।


फोटो सार्वजनिक भएपछि नमोबुद्ध नगरपालिकाकानागरिक आक्रोशित बनेका छन् । यस्ता हर्कत गरेर नगरपालिकालाई नै बद्नाम गराउन खोज्नेलाई कारवाही गर्न नगरपालिकालाई दबाब दिइरहेका छन् । उनीहरुले नगर प्रमुख शर्मा र नगरपालिकामा फोन गरेरै दवाव दिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले भने तत्काल प्रमाण जुटाएर कानूनी उपचार जाने बताएको छ ।