close

डाक्टर नै छैनन् कसरी उपचार गर्नू ! (भिडियो वार्ता)

डाक्टर नै छैनन् कसरी उपचार गर्नू ! (भिडियो वार्ता)

ADVERTISEMENT

रौतहटको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख हुन् रामचन्द्र चौधरी । कोरोनाले देश नै आक्रान्त भइरहेको यो महामारीमा नगरबासीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको र संक्रमितको घरघरमा गएर औषधि वितरण गर्नेदेखि आइसोलसनमा अक्सिजनको सहज आपूर्तिसम्मको काम गरेको नगरप्रमुख चौधरी बताउँछन् । पलिकाखबर बुलेटिनको पालिका टकमा करिस्मा कार्कीले गरेकाे सबालमा चौधरी जवाफ 


नगरवासी कोरोनाको उच्च जोखिममा छन्, रोकथाममा त प्रयास गरिरहनुभएको छ तर संक्रमितको उपचार कसरी भइरहेको छ ? 


अहिले देश कोरोना महामारीले आक्रान्त बनेको छ । हामीमा पनि हिजोसम्म १ सय ४६ जनामा संक्रमण देखिएको थियाे । मृत्यु हुनेको संख्या हाम्रोमा धेरै छ । हामीले आइसोलेसन बनाएका छौँ । ४५ शय्याको आइसोलेसन निर्माण गरेका छौँ । 

 

कोरोना जोखिम नियन्त्रणका लागि के गर्दै हुनुहुन्छ ? 


हामीले जनचेतनामुलक कार्यक्रम गरिरहेका छौँ । सहयोग लिइरहेका छौँ । हामीले स्वास्थ्य शाखामार्फत जति संक्रमित छन् उनीहरूको फलोअप गरिरहेका छौ । सामान्य औषधि घरमै गएर वितरण गरेका छौँ । हामीले आइसोलेसनमा अक्सिजनको व्यवस्था गरेका छौँ। अभाव छैन ।

 

कोभिडवाट पीडित विपन्नका लागि राहत उपलव्ध गराउने भन्नुभएको थियो, यो विषम परिस्थितिमा नगरबासीले यस्तो सुविधा कतिले कसरी पाएका छन्? 


अहिलेसम्म हामीले राहतको प्याकेज बाडेका छौँ । तर, राहत दिनका लागि यो वर्ष दबाब भने छैन । अविरल वर्षाले पालिकाम एक फुसको घर भासियो । हामीले विपद्को प्याकेज दिने भनेका छौँ । 

 

कोभिडका कारण संक्रमित हुने र ज्यान गुमाउने भन्दा यसवाट मानसिक समस्यामा परेर थुप्रै जनता छन् उनीहरुलाई मनोबैज्ञानिक परामर्शका लागि चै कस्तो काम गरिहरनु भएको छ


सबैभन्दा पहिला हाम्रोमा मनोवैज्ञानिक परामर्श गर्नुपर्ने थियो । तर, हामीले दक्ष जनशक्ति नभएकाले गर्न पाएनौँ । कोरोना अस्पतालमा १५ शय्याको अस्पताल छ । धेरै परिपत्र पत्राचार गरेका छौँ संघ र प्रदेश सरकारलाई  । तर, स्थायी चिकित्सक हामीसँग छैन । तीन जना चिकित्सक छ, त्यसबाट हामीले काम चलाइरहेका छौँ । 


आगामी वर्षका लागि बजेट ल्याउने बेला हुन लागेको छ, कोभिड संक्रमणको यो अवस्थामा बजेटका प्राथमिकता  कसरी निर्धारण गर्दै हुनुहुन्छ ? 


अर्को आर्थिक वर्ष आउन थाल्यो । हामीले असार १० मा नगरसभा सञ्चालन गर्छौं। महामारीका लागि हामीले विपद्मा रकम छुट्याएका थियौँ । त्यस अनुसार यसपटक समस्या भएन । आगामी दिनमा पनि समस्या नहुने गरी बजेट प्राथमिकताका साथ निर्धारण गर्छौँ । 

 

अन्तमा कार्यभार सम्हालेको चार वर्ष भएछ यसबीचमा राम्रो गरें भन्ने लागेको र योजना बनाएर पनि गर्न नसकेका काम के के हुन् बताइदिनुस न ।


अब, वास्तवमा हाम्रो चार वर्षको कार्यकालमा एक वर्ष मात्रै बाँकी छ । योबीचमा, हामीले पोहोर साल देखि हामीले यस वर्षको आर्थिक वर्षलाई कोरोना महामारी न्यूनिकरणमा खटाएका छौँ । विकासका काम अवरोध भएको छ । तर, समग्र रूपमा हामीले काम गरिरहेका छौँ ।