close

यो वर्ष पनि नहुने भो एसईई

यो वर्ष पनि नहुने भो एसईई

Trulli
ADVERTISEMENT

 

काठमाडौं– यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकनबाटै एसइई परीक्षाको नतिजा घोषणा गर्ने निर्णयमा सरकार पुगेको हो ।

 

कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले एसईई नतिजा विद्यालयको आन्तरिक मूल्यांकनबाटै हुने भएपछि गृहकार्यसमेत त्यसैगरी अगाडि बढेको जानकारी दिए ।

 

एसईई विद्यालयकै आन्तरिक मूल्यांकनबाट गराउने जिम्मा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । विद्यार्थीको समयको सदुपयोग हुने तथा नयाँ शैक्षिक सत्रसमेत अगाडि बढ्न सहज हुने भएकाले एसईई र कक्षा १२ दुवैको निकास खोल्न लागिएको हो ।

 

कक्षा ११ को परीक्षा यसअघि नै विद्यालयलाई जिम्मा दिने निर्णय भइसकेको छ । अनुमति पाएगत्तै मूल्यांकन परीक्षा सञ्चालनका लागि सरकारको अनुमति पाएलगत्तै प्रक्रिया सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

कोरोना संक्रमण कायमै रहेको अवस्थामा पनि वैकल्पिक विधिबाट मूल्यांकन गर्न आफूहरूले प्रक्रिया सुरु गर्ने बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले जानकारी दिए । पुरानो मोडलको ३ घन्टाको परीक्षा हुने सम्भावना लगभग टरेको अवस्थामा विभिन्न विधिबाट विद्यार्थीको मूल्यांकन गर्ने प्रस्ताव सरकारलाई पठाइएको थियो ।

 

वैकल्पिक विधि भन्नाले विद्यालय तथा शिक्षकमा आधारित भएर नै मूल्यांकन गर्ने योजना रहेको जानकारी उनले दिए । गत वर्षभन्दा फरक तरिकाको मूल्यांकन गर्ने मोडल आफूहरूले स्थापित गराउन चाहेको बोर्डका अध्यक्ष पौडेलको भनाइ छ ।