close

बुटवल उपमहानगरका टोल–टोलमा कोभिडको निःशुल्क परीक्षण 

बुटवल उपमहानगरका टोल–टोलमा कोभिडको निःशुल्क परीक्षण 

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवलमा मंगलबारदेखि टोल–टोलमा कोभिडको निःशुल्क परीक्षण सुरु भएको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगर परिसरमा सर्वसाधारणको निःशुल्क परीक्षण गर्न लागिएको हो । 

 

हालसम्म ६२ जनाको परीक्षण भएकामा १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र उपमहानगर कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ ।

 

बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र हटस्पट क्षेत्र पहिचान गरी एकैसाथ धेरै जनाको एन्टिजेनबाट परीक्षण सुरु गरेको हो । मंगलबारदेखि सुरु भएको परीक्षण उपमहानगरका सबै वडाका टोलमा पायक मिलाएर २१ जेठसम्म गरिनेछ ।

 

महामारीविरुद्धको अभियान सशक्त बनाउने उद्देश्यले समुदाय स्तरमा व्यापक परीक्षण गरिएको बताउँदै प्रमुख शिवराज सुवेदीले स्वास्थ्य मापदण्ड र स्वनियममा बस्न आग्रह गरे । स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए।

 

सावधानी र स्वास्थ्य मापदण्ड सबैले पालना गरौँ

 

उपमहानगरका जनप्रतिनिधि तथा विज्ञहरूले सकारात्मक सन्देश प्रवाह गर्न र मनोबल उच्च राख्न आग्रह गरेका छन् । जनस्वास्थ्यको संवेदनशीलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकै पटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख सुवेदीले बताए ।

 

बुटवलमा संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद ओखती वितरण गरिएको छ भने योगा र ध्यान सिकाइएको छ । वडा र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकेर फिल्डमा परिचालन गरिएको छ । 

 

महामारी नियन्त्रणका लागि बुटवलले नमुना र उदाहरणीय काम गर्दै आएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद ओखती, भिटामिन र जरुरी परेकालाई अक्सिजन सिलिन्डरै बोकेर बुटवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमा पुगेका छन् ।