close

खाने तेलको मूल्यमा भारी बृद्धि,  उद्योगीले औंल्याए यस्ता कारण 

खाने तेलको मूल्यमा भारी बृद्धि,  उद्योगीले औंल्याए यस्ता कारण 

Trulli
ADVERTISEMENT

काठमाडौं- खानेतेलको कृत्रिम मूल्यवृद्धि भएको भन्ने गुनासोप्रति उत्पादकहरुले वर्तमान मुल्य वृद्धि स्वाभाविक भएको बताएको छ । २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुको छाता संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले विज्ञप्ति जारी गर्दै कोरोना, राजनीतिक घट्नाक्रम लगायतले गर्दा करिब डेढ बर्षअघि देखि नै समस्या देखिएकाले हालसम्मकै ऐतिहासिक मुल्यवृद्धि भएको जनाएको छ । 


    
संघले भारतको पश्चिम बंगालमा रहेको हल्दिया बन्दरगाहबाट नेपालका लागि कच्चापदार्थ आउने भएकाले त्यहाँ भएको निर्वाचन, त्यसपछि कोरोना र पेट्रोलियम पदार्थमा भएको अत्याधिक मूल्यवृद्धिका कारण ढुवानी अहसज हुँदा खाने तेल महंगिएको बताएको छ । 

 

‘खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले एक वर्षमा कच्चा पदार्थको मुल्यमा भएको दोब्वर वृद्धिका कारण गत वर्षमा २० रुपैयाँ प्रतिलिटर रहेको महसुल बढेर यस बर्ष ४० रुपैयाँ पुगिसकेको छ’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

 

हालको अवस्थामा क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्न सकिएको भन्दै उद्योगीहरुले कोरोनाको महामारीकाबीच पनि उद्योग नियमित रुपमा सञ्चालन गरी आपुर्ती व्यवस्था सहज बनाउने प्रतिबद्धता गरेका छन् । 


 उद्योगीका दावी 
 

क्रुड साेयाविन तेल  April 8, 2021 काे US $ 1190 FOB बाट April 22, 2021 काे मुल्य US $ 1279 FOB अथवा US $ 1350 CNF Haldia  पुगेकाे छ । र याे दुई हप्तामा US $ 90 per MT मुल्यवृद्धि हुन गएकाे छ । 

 

क्रुड सनफ्लावर तेलकाे हकमा April 8, 2021 मा US $ 1530 FOB बाट April 22, 2021 मा US $ 1580 FOB अथवा US $ 1660 CNF Haldia  भएकाे छ .

 

नेपालका लागी जहाज आउने Haldia बन्दरगाह छिमेकी मुलुक भारतको पश्चीम बंगाल राज्यमा पर्दछ । त्यस राज्यमा भएको २ महिना लामो निर्वाचन, काेिभड-१९  को निषेद्याज्ञा र पेट्रोलियम पदार्थमा भएको अत्याधिक मुल्य वृद्धिको कारण ज्बमिष्ब देखी नेपाल भन्सार सम्मको ढुवानी असहज र महंगो हुन गएको ।

 


सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्य समेत अन्तराष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ । कोरोना र निषेधाज्ञाको कारण उद्योगहरु पुर्ण क्षमतामा संचालन हुन नसकी करीव ४० प्रतिशत कै क्षमताको हाराहारीमा मात्र उत्पादन गरिरहेका छन ।


खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले एक वर्षमा कच्चा पदार्थको मुल्यमा भएको दोब्वर वृद्धिका कारण गत वर्षमा महशुल सरदर रु २०  प्रति लि. रहेकोमा हाल सरदर रु ४०  भन्दा वढी पुगीसकेको छ ।

 

हालसम्म पनि चलन चल्तिको अन्तराष्ट्रिय मुल्य अनुसारको नेपालको मुल्य अझै परिमार्जित हुन सकेको छैन ।