close

सार्वजनिक चोक मिचेर बनाइएका संरचना भत्काउँदै भक्तपुर

सार्वजनिक चोक मिचेर बनाइएका संरचना भत्काउँदै भक्तपुर

Trulli
ADVERTISEMENT

भक्तपुर– सार्वजनिक जग्गा मिचेर बनाएको खुड्किला भक्तपुर नगरपालिकाले भत्काइदिएको छ । स्थानीयको गुनासो आएपछि बजार अनुगमनमा निस्केको टोलीले खुड्किला भत्काइदिएको हो । 

 

नगरपालिकाको वडा नम्बर ८ स्थित जेलाँका स्थानीय सत्यनारायण प्रजापतिले सार्वजनिक चोक मिचेर बनाएको खुड्किला भत्काइएको हो । नगरपालिकाका अनुसार स्थानीयमार्फत गुनासो आएपछि अनुगमनका लागि टोली पठाइएको हो । 

 

कर्मचारीले खुड्किला भत्काई ढुंगासमेत बरामद गरेका छन् । नगरपालिका कर्मचारीको पहलमा संरचना भत्काइएको हो । 

 

प्रजापतिले उक्त स्थानमा रहेको कित्ता नं ५१५ र ५४१ क्षेत्रफल ०–१–१–२ भएको पुरानो घर भत्काई नगरपालिकामा नक्सापास गरी घर बनाएका थिए । तर, घर बनाउँदा नक्साविपरीत चोक मिच्ने गरी खुड्किला बनाउन लाग्दा नगरपालिका कर्मचारीले नबनाउन अनुरोध गरेका थिए । 

 

नगरपालिकाको अनुरोधलाई बेवास्ता गरेकाले भत्काउनुपरेको वडानिरीक्षक रामकृष्ण प्रजापतिले
बताए । वडा नम्बर ८ का निरीक्षक आशराम सुवालका अनुसार नगरका वडा निरीक्षक, चालक र सहयोगीसमेत गई खुड्किला भत्काई त्यहाँ रहेको ढुंगासमेत बरामद गरिएको छ ।