close

ऐँसेलुखर्कले किन्याे एम्बुलेन्स 

ऐँसेलुखर्कले किन्याे एम्बुलेन्स 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । खोटाङ सेवा समाज युकेले २०७३ चैतमा प्रदान गरेको एम्बुलेन्स सञ्चालन गर्दै आएको गाउँपालिकाले आफ्नै बजेटमा अर्को नयाँ एम्बुलेन्स खरिद गरेको हो ।

 

भारतमा करिब १० लाख भारुमा खरिद गरिएको एम्बुलेन्स १५ जेठमा गाउँपालिका आइपुगेको पालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । भारतबाट वीरगञ्ज आएर केही समय रोकिएको एम्बुलेन्सलाई चालक पठाएर गाउँपालिका ल्याइएको हो ।

 

खोटाङ सेवा समाज युकेले दिएको एम्बूलेन्स परानो हुँदै गएको र कतिपय अवस्थामा बिग्रेर समस्या निम्तिने गरेकाले अर्को एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष निरौलाले जानकारी दिए । 

 

यस्तै, बराहपोखरी गाउँपालिकाले पनि १२ लाख रुपैयाँमा एम्बुलेन्स गरिद गरेर ल्याउने प्रक्रिया थालेको छ । गाउँसभामार्फत निर्णय गरेर खरिद गरिएको एम्बुलेन्स भन्सारमा आएर अड्किएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए । 

 

जिल्लाका १० स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा खोटाङ सेवा समाज युके, भारतीय दूतावास, खोटाङ सेवा समाज दोहा कतार, विभिन्न दाताबाट प्राप्त एम्बुलेन्स सञ्चालनमा छन् ।

 

रावाबेँसी गाउँपालिकामा भने स्वदेश तथा विदेशमा रहेका वडा नम्बर ६ हौँचुरका युवा र सोही गाउँपालिकाको संयुक्त लगानीमा खरिद गरिएको एम्बुलेन्स सञ्चालनमा छन् ।