close

इजरायलमा राष्ट्रपतिको चुनाव हुँदै

इजरायलमा राष्ट्रपतिको चुनाव हुँदै

Trulli
ADVERTISEMENT

एजेन्सी- इजरायलको संसदले बुधबार नयाँ राष्ट्रपतिको चयन गर्दैछ । इजरायलको संसदमा १२० जना सांसदहरु रहेका छन् र उनीहरुले नै राष्ट्रपतिको चयन गर्नेछन् । राष्ट्रपतिको निर्वाचन इजरायली संसद नेसेटमा हुनेछ ।

 

राष्ट्रपतिको चुनावमा दुई जना प्रतिस्पर्धी रहेका छन् । वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग र शिक्षाविद् मिरियम पेरेज राष्ट्रपतिको प्रतिस्पर्धामा छन् ।

 

साठी वर्षीय हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख थिए । सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा चुनावमा उनीनै खडा भएका थिए । 

 

अर्की उम्मेदवार ६७ वर्षीय पेरेज इजरायलमा शिक्षिका, शिक्षाकर्मी र यहूदी धर्मको बारेमा अध्यापकका रुपमा परिचीत छिन् । 

 

राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद नेसेटको १२० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नु पर्दछ । कुनै उम्मेदवारले उक्त मत प्राप्त गर्न नसके दोस्रो चरणको मतदान हुनेछ । विजयी उम्मेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन् ।