close

'अक्सिजन अभाव देखेर खल्तीमा तलब राख्न मन मानेन' (भिडियो वार्ता)

'अक्सिजन अभाव देखेर खल्तीमा तलब राख्न मन मानेन' (भिडियो वार्ता)

Trulli
ADVERTISEMENT

झापाको कन्काई नगरपापिलकाका नगरप्रमुख हुन् राजेन्द्रकुमार पोखरेल । पालिकाबाट पाएको सबै सेवा सुविधा  अक्सिजन प्लान्ट स्थापना गर्न दिएसँगै पोखरेल यतिबेला चर्चाका पात्र बनेका छन् । पोखरेलसँग कोरोना संकट रोकथाममा पालिकाको पहल, महामारीले विकास निर्माणमा पारेको असर लगायतका विषयमा पालिकाखबर बुलेटिनका लागि करिश्मा कार्कीले गरेको कुराकानी


अक्सिजन प्लान्ट स्थापनाका लागि तपाईंले आफुले पाएको तलब भत्ता बापतको १० लाख रकम नगरपालिकालाई हस्तान्तरण गर्नुभयो । के कुराले उत्प्ररित गर्यो ? 
मैले दिएको रकम नगरप्रमुखको हैसियतले पाएको रकम हो । यो भन्दा अघि पहिलो वर्षको पारिश्रमिक मजदुर हित कोषलाई प्रदान गरेको थिएँ । तीन वर्षको झण्डै १० लाख रुपैयाँ दिएको हो । कोभिडको महामारीमा अक्सिजनको आवश्यकता देखिएकाले त्यो प्लान्ट स्थापना गर्न भन्दै रकम दिएको हो । यो रकम मैले विपद् व्यवस्थापन तथा अक्सिजन प्लान्ट व्यवस्थापन समितिलाई दिएको हो । 

 

कोरोना नियन्त्रणमा बजेट अभाव भएर हो कि जनताप्रतिको जिम्मेवारी हो ? नगरप्रमुख ज्यू ? 

अक्सिजन प्लान्ट राख्ने भनेर त्यसरी बजेट विनियोजन गरिएको थिएन । यो कोरोना कालमा अक्सिजनको महत्वलाई परिपूर्ति गर्न र अस्पताल निर्माण गर्न पनि सहयोग गर्न हामीले रकम दिएका हौँ ।

 

अघिल्लो पटकको संकटको पाठ हुँदाहुदै र विज्ञहरुले खतरा छ भन्दाभन्दै आइसोलेसन, अस्पताल, स्वास्थ्य उपकरण जस्ता विषयको व्यवस्थापनमा तपाईंहरु पनि चुक्नुभयो हैन ? नभए त यो अवस्था आउने थिएन नि होइन ?
हामीलाई हिजो भनिएको कुरा क्वारेन्टाइन निर्माण र व्यवस्थापन गर्ने थियो । हामीले हरेक वडामा क्वारेन्टाइन छ । आइसोलेसन निर्माण प्रदेश स्तरबाट गर्ने हो, जिम्मेवारी हो । त्यो ढंगको व्यवस्थापन जसको जिम्मा हो त्यो नगर्दा हाम्रो काँधमा आयो । हामीले छोटै समयमा आइसोलेसन बनायौँ । २० शय्याको कक्ष छ । त्यसबाट ७ जना उपचार गरेर फर्कनुभएको छ । कन्काइमा हामीले बाह्रबिसे गाउँपालिकाका बिरामी ल्याएर राखेका छौँ । खाली भएको समयमा अन्य नागरिकलाई सेवा दिनुपर्छ भनेर दिइरहेका छौँ । 


नगरमा कोरोना संक्रमित कति पुगे, कसरी उपचार गरिरहनु भएको छ संक्रमितहरुको, औषधि त घरघरमै लग्नुभयो होला होइन ? 
एकदमै पुर्‍याएका छौँ । जब हाम्रो काँधमा जिम्मा आएपछि हामीले चिकित्सकको टोली र फोन नम्बर, एम्बुलेन्स थप्यौँ । दुई एम्बुलेन्सबाट कोभिडका बिरामीलाई सुविधा दिएका छौँ, त्यो पनि नि:शुल्क । अर्को गाडी व्यवस्थापन गरेर चिकित्सकको टोलीलाई तयारी अवस्थामा राखेका छौँ । बिरामीको फोन आउने वित्तिकै बिरामीको घर पुगेर हेरचाह र उपचार गर्ने व्यवस्था मिलाएका छौँ । हामीले घरघरमा बिरामीलाई अक्सिजन पुर्‍याएका छौँ । 

 

सक्रिय संक्रमित कति हुनुहुन्छ ?
सक्रिय संक्रमित चाहिँ १ सय ७५ जना हुनुहुन्छ । 


विकास बजेटसमेत कोरोना रोकथाम र नियन्त्रणमा खर्च गर्नुपरिरहेको अवस्था छ ।  दोस्रो लहर सुरु भएपछि भने तपाईहरुले कति खर्च गर्नुभयो, जनताले रोग विरुद्ध स्थानीय सरकार लडिरहेको अनुभूति कसरी गर्दैछन् ?
हामीले कोरोना सुरु भएयता १० लाख आसपासमा खर्च गरिसकेका छौँ । र, हाम्रो हिसाब पारदर्शी छ ।