close

झौखेलमा बन्ने भो सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र 

झौखेलमा बन्ने भो सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ स्थित झौखेलमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बन्ने निश्चित भएको छ ।

 

निर्माण स्थल छनोटका लागि लामो समयदेखि अन्योल रहँदै आएको केन्द्र निर्माणका लागि झौखेल छनोट गरिएको हो ।

 

भक्तपुरको दूधपाटीमा सानो एरियामा रहेको उक्त अस्पताल अंग प्रत्यारोपणका लागि नेपालकै ठूलो स्वास्थ्य संस्था हो ।

 

केन्द्र साविक झौखेल गाविसको वडा नम्बर ३ को कित्ता नं. १ मा रहेको ६ रोपनी १ आना २ पैसाको क्षेत्रफल भएको जग्गा र सोही ठाउँमा रहेको कित्ता नं. ११३ को २५ रोपनी ५ आना २ पैसाको क्षेत्रफल ओगटेको ठाउँमा बन्ने निश्चित भएको हो ।

 

सो जग्गा केन्द्रलाई ३० वर्षका लागि लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्को गत १३ जेठको बैठकले गरेको थियो ।