close

२ मन्त्रालय लिएर कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस

२ मन्त्रालय लिएर कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । बिहीबार बेलुकीसम्म सरकारमा जाने मन्त्रीको नाम टुंग्याउने र शुक्रबार सपथ लिने गरी तयारी भइरहेको कांग्रेसले जनाएको छ । 

 

‘सरकारमा जाने कुरा पक्का हो,’ कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले भने, ‘सरकारमा क–कसलाई पठाउने भनेर छलफल भइरहेको छ ।’

 

साँझसम्म सरकारमा जाने मन्त्रीको नाम टुंगो लाग्ने श्रेष्ठले बताए । ‘सरकारमा जानेहरूको नाम साँझसम्म टुंगो लाग्छ,’ उनले भने, ‘भोलि सपथ हुन सक्छ ।’


सामाजिक विकास र जलस्रोत तथा ऊर्जा मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो । यसमध्ये सामाजिक विकास मन्त्रालयमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जामा जुम्लाका दिनबन्दु श्रेष्ठ मन्त्री बन्ने चर्चा भएको छ ।


बिसी सभापति शेरबहादुर देउवा निकट हुन् भने श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । श्रेष्ठ हाल सार्वजनिक लेखा समितिको अध्यक्षसमेत हुन् । 


प्रदेशसभामा कांग्रेसका ६ सांसद छन् । तीमध्ये श्रेष्ठ मात्रै पौडेल निकट हुन् ।