close

रूपन्देहीमा लम्बियो निषेधाज्ञा 

रूपन्देहीमा लम्बियो निषेधाज्ञा 

Trulli
ADVERTISEMENT

रूपन्देही- जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ३१ जेठसम्म निषेधाज्ञा बढाएको छ । कोभिडको प्रभाव बढ्दो अवस्थामा रहेको जनाउँदै निषेधाज्ञा बढाइएको हो ।


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अवधि बढाउन सिफारिस गरेको थियो ।


निषेधाज्ञा अवधिभर, शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, फोहोरमैला, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी, इन्धन र अत्यावश्यक वस्तुका सामान ढुवानीबाहेक साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।