close

संक्रमितलाई भत्ता, मृतकका परिवारलाई आर्थिक सहयोग

संक्रमितलाई भत्ता, मृतकका परिवारलाई आर्थिक सहयोग

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड-१९ संक्रमित प्रत्येक व्यक्तिलाई तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । साथै कोरोना संक्रमणबाट मृत्यु हुने परिवारलाई पालिकाले २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

 

लामो समयसम्म आइसोलेसनमा रहँदा संक्रमितलाई आर्थिक समस्या देखिएपछि पालिकाले सो रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । 

 

संक्रमितलाई पौष्टिक आहार फलफूल, चना, अण्डा उपलब्ध गराउने निर्णय गरेको पालिकाले संक्रमितको आवश्यताअनुसार आफै खर्च गर्न सक्ने गरी नगद प्रदान गर्ने निर्णय गरको पालिकले जनाएको छ ।

 

गाउँपालिकामा हाल ३३ जना सक्रिय संक्रमित रहेका छन् भने १० जना निको भइसकेका छन् । कोरोनाका कारण पालिकाभित्र एकको मृत्यु भएको छ ।