close

बेलायतमा कार्यरत डाक्टरको संस्थाले दियो प्रादेशिक अस्पताललाई ४० थान अक्सिजन कन्सन्ट्रेटर

बेलायतमा कार्यरत डाक्टरको संस्थाले दियो प्रादेशिक अस्पताललाई ४० थान अक्सिजन कन्सन्ट्रेटर

Trulli
ADVERTISEMENT

रूपन्देही- बेलायतमा कार्यरत डाक्टरहरूको संस्था हेल्थ एक्सचेन्ज नेपालले लुम्बिनी प्रादेशिक अस्पताललाई ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।


लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेसु डा. राजेन्द्र खनालका अनुसार बेलायतमा कार्यरत डाक्टरको संस्था हेल्थ एक्सचेन्ज नेपालका महासचिव प्रोफेसर डा. सत्यन राजभण्डारीको संयोजनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दोस्रो ब्याचका डा. मोहन थापाको सक्रियतामा ४० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको हो ।

 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख डा. राजेन्द्र खनालले एमबीबीएस अध्ययन बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरेका थिए । 


उक्त सामग्री अस्पतालको नाममा आएको त्रिभुवन विमानस्थलमा कार्गोलाई स्वास्थ मन्त्रालयबाट आवश्यक सहजीकरण गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइएको छ ।


अस्पतालका फार्मेसी प्रमुख पदम खनालले कार्गोबाट सामान बुझी अस्पतालमा ल्याएको बताए । खनालले डायबेटिक एसोसिएसन नेपालका अध्यक्ष रोशन कृष्ण न्याछ्यौबाट आवश्यक सहयोग प्राप्त भएको जानकारी दिए ।