close

उदयपुरमा लम्बियो निषेधाज्ञा

उदयपुरमा लम्बियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला प्रशासन कार्यालय उदयपुरले २८ जेठसम्म निषेधाज्ञा बढाएको छ । कोभिड प्रभाव बढ्दो अवस्थामा रहेको जनाउँदै निषेधाज्ञा थपिएको हो ।

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अवधि बढाउन सिफारिस गरेको थियो ।


निषेधाज्ञा अवधिभर, शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, फोहोरमैला, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी, इन्धन र अत्यावश्यक वस्तुका सामान ढुवानीबाहेक साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढार्इंले जानकारी दिए ।

 

बैठकले खाद्यान्न तथा निर्माण सामग्री ढुवानी बेलुका ५ देखि बिहान ५ बजेसम्म, अत्यावश्यक उपभोग्य वस्तु बिहान ७ देखि ९ बजेसम्म खोल्ने, अत्यावश्यक कामका लागि सवारी अनुमति लिएर हिँड्न सकिने, बैक तथा वित्तीय संस्था सातामा ३ दिनसम्म खोल्न पाउने व्यवस्था गरिएको छ । 

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमध्ये ५ वटा बेड उदयपुर कोभिड अस्पताल चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ सातधारे बेल्टारलाई हस्तान्तरण गरिने निर्णय भएको छ । 

 

१ हजार २ थान कोभिड परिक्षण गर्ने एन्टिजेन किट जिल्ला अस्पताल गाईघाट र अन्य स्वास्थ्य सामग्री आवश्यकता एवं औचित्यका आधारमा वितरण गरिने निर्णय भएको छ ।