close

चार वर्षमा जनप्रतिनिधिले गरेका कामको मूल्याङ्कन जनताबाटै

चार वर्षमा जनप्रतिनिधिले गरेका कामको मूल्याङ्कन जनताबाटै

ADVERTISEMENT

स्थानीय तहमा जनप्रतिनिधिले बागडोर सम्हालेको चार वर्ष पुरा भइसकेको छ । यो चार वर्षमा कतीपय स्थानीय तह अब्बल साबीत भएका छन् त कती अझै पनि ऐन कानुन र आन्तरीक द्वन्दमै रुमलीएका छन् ।

 

जनताको घरदैलो सरकारको रुपमा हेरीएको स्थानीय तहको पुनर्संरचना पछि नागरिकमा थुप्रै आशा पलाएकाे थियाे । आ-आफ्नो ठाउँमा अब विकासको नयाँ आयाम थपिने भयो भन्नेमा ढुक्कसमेत थिए । चुनावका बेला जनप्रतिनिधिले पनि थुप्रै प्रतिबद्धता जनाए । तर, जनता र स्वयं जनप्रतिनिधि पनि सोचेअनुरुपको  काम गर्न नसकेको स्विकार्छन् । 

 

जो होस् यो चार वर्षमा नागरिकले स्थानीय सरकारको अनुभूती गर्न पाएका छन् । साथै जनप्रतिनिधि पनि आ–आफ्नो पाालिकामा विकासको रेखा खोर्न सकेकोमा सन्तुष्ट देखिन्छन् । 

 

यसै सन्दर्भमा हामीले सुनसरी र कैलालीवासीलाई जनप्रतिनिधिले चार वर्षमा गरेका कामको मूल्याङ्कन कसरी गर्नुहुन्छ ? भनेर सोधेका छौँ ।

के भन्छन् त उनीहरुः