close

ओली सरकार पुर्नगठनः एमालेका ४ दोहोरिए, मधेशी १० थपिए (सूचीसहित) 

ओली सरकार पुर्नगठनः एमालेका ४ दोहोरिए, मधेशी १० थपिए (सूचीसहित) 

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । नवनियुक्त मन्त्रिहरुले आजै सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने आफैंसँग राखेका छन् । 

 

नवगठित मन्त्रिपरिषद्मा ४ जना मन्त्रिहरु भने दोहोरिएका छन् । दोहोरिनेमा अर्थमन्त्री विष्णु पौडेल उपप्रधानमन्त्री सहित दोहोरिएका छन् । त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठ यथावत रहेका छन् । 

 

वर्तमान मन्त्रिपरिषद्मा नपरेका तत्कालिन परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आफ्नो इच्छाले नै बाहिरिएको प्रतिक्रिया दिएका छन् भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका हृदयेश त्रिपाठीले आफुभन्दा जुनियर नेता उपप्रधानमन्त्री भएपछि मन्त्रिमा रहनु उपयुक्त नरहेको भन्दै बाहिरिएको बताएका छन् । 

 

संविधानविद् भिमार्जुन आचार्यले कामचलाउ प्रधानमन्त्रीले व्यापक रुपमा मन्त्रिमण्डल हेरफेर गर्नु संविधान विपरित देखिएको प्रतिक्रिया दिएका छन् । 

 

को को भए मन्त्री ? 
प्रधानमन्त्री केपी शर्मा ओली (रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन)
विष्णु पौडेल (उपप्रधानमन्त्री, अर्थ)
राजेन्द्र महतो  (उपप्रधानमन्त्री, शहरी विकास)
रघुवीर महासेठ (उपप्रधानमन्त्री, परराष्ट्र)
शेरबहादुर तामाङ (स्वास्थ्यमन्त्री)
कृष्णगोपाल श्रेष्ठ (मन्त्री, शिक्षा)
बसन्तकुमार नेम्वाङ (मन्त्री, भौतिक पूर्वाधार तथा यातायात)
लीलानाथ श्रेष्ठ (मन्त्री, कानून न्याय तथा संसदीय मामिला)
शरतसिंह भण्डारी (मन्त्री, ऊर्जा)
अनिल झा (मन्त्री, खानेपानी तथा सरसफाई)
विमल श्रीवास्तव (श्रम तथा रोजगार)
उमाशंकर अरगरिया (मन्त्री, वन तथा वातावरण)
लक्ष्मणलाल कर्ण (मन्त्री, भूमि व्यवस्था)
चन्दा चौधरी (मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक)
एकवाल मियाँ (मन्त्री, युवा तथा खेलकुद)
चन्द्रकान्त चौधरी (राज्यमन्त्री, ऊर्जा)
रेणुका गुरुङ (राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक)