close

प्रत्येक वडामा खोप केन्द्र सञ्चालन गर्दै काठमाडौं महानगर

प्रत्येक वडामा खोप केन्द्र सञ्चालन गर्दै काठमाडौं महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरले आउँदो मंगलबारदेखि ६० देखि ६४ वर्षसम्मकालाई दिइने कोभिड–१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ जेठको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागको बैठक बसेको थियो । बैठकले हरेक वडामा एक–एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । सोही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्न पत्राचार गरिएको हो ।

 

उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेल चिनियाँको पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्ति र तेस्रोमा १८ देखि ५९ वर्षकालाई खोप उपलब्ध गराएको थियो । 

 

११ जेठसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब १ लाख व्यक्ति लाभाविन्त भएको महानगरले जनाएको
छ ।