close

प्रविधिको पहुँच विस्तार गर्दै हल्दीबारी

प्रविधिको पहुँच विस्तार गर्दै हल्दीबारी

Trulli
ADVERTISEMENT

झापा- झापाको हल्दीबारी गाउँपालिकाले इन्टरनेट (प्रविधि) को पहुँच विस्तार गरेको छ । गाउँपालिकाले वडामा विनियोजित बजेटबाट २ नम्बर वडा ७२ समूहमा इन्टरनेट जडान गरेको छ । पालिकाका गतिविधि स्थानीयमाझ सहजै पुर्‍याउन र विद्यार्थीलाई अनलाइन कक्षा लिन सहज बनाउने उद्देश्यले प्रविधि विस्तार गरिएको जनप्रतिनिधि बताउँछन् । 

 

अहिले कोरोना त्रासका कारण सम्पूर्ण विद्यालय बन्द छन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले अनलाइन कक्षा लिन नपाएका बेला गाउँपालिकाको पहलपछि सुविधा पुगेको स्थानीय निरज राजवंशीले बताए । 

 

जनप्रतिनिधि निर्वाचित भएको दोस्रो वर्ष १० वटा विद्यालय र संघ-संस्थामा इन्टरनेट जडान गरेको पालिकाले तेस्रो आर्थिक वर्षमा १८ ठाउँमा जडान गरेको थियो । 


हाल समूह बनाएर आएका ७२ ठाउँमा इन्टरनेट जडान गरिएको हो । एक गाउँ एक वाइफाई नाम दिएर कार्यक्रमका लागि रकमान्तर गरी इन्टरनेट जडान गरिएको छ हल्दीबारी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य खगेन राजवंशीले जानकारी दिए । 

 

सुरुमा टेन्डर आह्वान गरेकामा ३ वटा कम्पनीले आवेदन दिएका थिए । पालिकाले ३ वटालाई नै दामासाहीमा इन्टरनेट जडानको जिम्मा दिएको थियो । यसका लागि पालिकाले ४ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जडानको क्रममा एउटा समूहमा ५ घर समेट्न अनिवार्य गरिएको छ ।

 

गाउँपालिकाको ८०-२० को कार्यक्रमअन्तरगत स्थानीय उपभोक्ताले २० प्रतिशत र गाउँपालिकाले ८० प्रतिशत खर्च बेहोर्नेछन् । राजवंशीले भने, ‘सबै खर्च स्थानीय तहले बेहोर्दा नागरिकको अपनत्व नहुने भएर भागबन्डा गरिएको हो ।’ 

 

कोरोना जोखिमका कारण घरमै बसेका नागरिकलाई सूचनाको पहुँचमा पुर्‍याउन पालिकाको यो अभियान सकारात्मक रहेको स्थानीय बताउँछन्