close

पञ्चेश्वर गाउँपालिकामा कर्मचारी अभाव (भिडियो खबर)

पञ्चेश्वर गाउँपालिकामा कर्मचारी अभाव (भिडियो खबर)

ADVERTISEMENT

बैतडी– २०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि सरकारले कर्मचारी व्यवस्थापन गर्‍यो । ७ सय ५३ पालिकामा नै प्रमुख प्रशासकीय अधिकृत खटायो । तर, सोचे अनुसार सबै कर्मचारी समायोजनमा नजाँदा समस्या उत्पन्न भयो । कति पालिकाले पहिलो वर्ष कर्मचारी नपाई नै काम सुरु गरे । कतिपयले कर्मचारीको व्यवहार मन पराएनन् । कर्मचारीकै कारण कतिपय योजना अघि बढ्न नसकेको गुनासो अहिले पनि आउने गर्दछ ।


तर, चार वर्ष कार्यकालमा हरेक पटक कर्मचारी अभावकै समस्या भोगिरहेको छ, बैतडीको पञ्चेश्वर गाउँपालिका । कर्मचारी नहुँदा काम अघि बढ्न सकेको छैन । धेरै रकम निकासामा आवश्यक दस्तखत गर्ने कर्मचारी नहुँदा समस्या निरन्तर छ । अझ, महामारीमा त सामान खरिद गर्न पनि पालिकाले समस्या भोगिरहेको छ । 


बैतडीको पञ्चेश्वर गाउँपालिका जिल्लाकै दुर्गममा पर्छ । यहाँ कर्मचारी अभावले समस्या छ । अन्य कर्मचारी भन्दा पनि यहाँ प्रमुख प्रशासकीय अधिकृत र लेखापाल छैनन् । गत २०७७ माघ महिनामै दुवैको सरुवा भएपछि नयाँ कोही पनि आएका छैनन् । यसले गर्दा अत्यन्त समस्या भएको छ । ९० प्रतिशत बढी योजनाका काम सम्पन्न भएपनि योजनाको उपभोक्ता समितिले मजदुरलाई भुक्तानी दिन पाएका छैनन् । 

 

कर्मचारी अभावले गाउँपालिकाका सबै काम प्रभावित भएका छन् । यो गाउँपालिका यसअघिका वर्षमा  सबैभन्दा पहिला काम सम्पन्न गरिसक्ने पालिका हो । तर कर्मचारी अभावकै कारण अहिले केहि काम भएपनि पूरा हुन सकेका छैनन् । यसका साथै अहिले कोरोना रोकथाम तथा नियन्त्रणमा खरिद गरेका सामग्री किन्न र रकम तिर्न पनि कर्मचारी नहुँदा समस्या भएको छ । 

 

गाउँपालिकामा कर्मचारी अभाव भएको बिषयमा गाउँपालिकाले चासो नलिएको भन्ने भने होइन् । गाउँपालिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत र लेखापालको खोजीगर्न १ महिना काठमाडौँ बसे । बैतडीबाट निर्वाचित सांसद, दार्चुलाबाट निर्वाचित सांसद तथा सामान्य पैशासक मन्त्री गणेश ठगन्ना मात्रै नभई मन्त्रालयका कर्मचारी, मन्त्री, मन्त्रीका स्वकिय सचिव तथा सबै सँंग अनुरोध गरिसके । तर, कर्मचारी आएनन् । 

 

अहिले अर्को एक नगरपालिका दशरथचन्दमा कार्यरत लेखापालसंग केहिदिन पालिका हेरिदिने सर्तमा राजी भए । तर, दुई महिना पछि उनी अवकाश पाउँदैछन् । तर, ति पात्र भने चेकमा दस्तखत गर्न नमान्ने स्वभावका छन् । जसले काममा असर गर्ने गर्दछ । यसरी गाउँपालिकामा कर्मचारी अभाव भएको पञ्चेश्वरलाई यसपटक मात्रै होइन् । हरेक बर्ष हाकिम र लेखापालकै अभाव भोग्नुपर्छ । न कर्मचारी भने अनुसारका आउँछन् । न आएकाले गर्नुपर्ने काम गरिदिन्छन् । यदी संघीयता फेल भए त्यसको दोष कर्मचारीले नै लिनुपर्ने तर्क पञ्चेश्वरका जनप्रतिनिधिको छ ।